प्रथम महिला राष्ट्रिय कुस्ती प्रतियोगिता तयारी

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७४
nabin (1)

पोखरा, २२ फागुन । नेपालमै पहिलो पटक पोखरामा प्रथम महिला राष्ट्रिय कुस्ती प्रतियोगिता गर्ने भएको छ।

नेपाल कुस्ती संघले पोखरामा मङ्गलबार पत्रकार सम्मेलन गरी आउँदो बैशाख २१ र २२ गते प्रतियोगिता गर्न लागेको जनाएको हो ।

प्रतियोगिताको मुख्य उद्देश्य कुस्ती खेललाई संस्कारका रुपमा विकास गर्नु र व्यवसायिकतातर्फ उन्मुख गराउनु रहेको छ।

प्रतियोगितामा विभागीय टिम, विभिन्न २० जिल्लाका ७० जना खेलाडी र ३० जना प्रशिक्षक एवं अफिसियल र १५ जना निर्णायकको सहभागिता रहने छ। विभिन्न आठ तौल समूहमा खेलाइने यो प्रतियोगितामा आठ स्वर्ण आठ रजत र १६ कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ।  खेलमा ४८ देखि ७५ किलो ग्राम तौल समूहका १८ वर्ष माथिका महिलाले प्रतिष्पर्धा गर्नेछन् । विजेतालाई टप|mी, मेडल र मायाको चिनो प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ । खर्चको व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद्, नेपाल कुस्ती संघ र सहयोगी निकायबाट गरिने जनाइएको छ।

‘संघले नेपालमै पहिलो पटक यो प्रतियोगिता गर्न लागेको हो । २०५५ सालदेखि महिला कुस्ती प्रदर्शनमा मात्र सीमित थियो तर यसपटक प्रतियोगिता गर्दैछौ’, संघका महासचिव विद्यासागर पोखरेलले भने-‘यो प्रतियोगिता चुनौती र अवसर हो ।’

कुस्ती खेल तराईका जिल्लाका लोकप्रिय रहे पनि हिमाली र पहाडी जिल्लामा खासै खेल्ने गरिएको छैन। पोखरामा आयोजना गर्न लागिएको यो प्रतियोगिताले हिमाली र पहाडी जिल्लाका कुस्तीका खेलाडी उत्पादन गर्न टेवा पुर्‍याउने आयोजकको अपेक्षा छ। नेपालको बारा, पर्सा सिराहा, धनगढी र नवलपरासीमा कुस्ती खेल बढी लोकप्रिय छ।

नेपाल कुस्ती संघका अध्यक्ष नारायणदेव राणाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कास्की जिल्ला कुस्ती संघका अध्यक्ष ओम बस्नेतले स्वागत र केन्द्रीय सदस्य सुजन खतिवडाले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width