Worldlink ads

इञ्जिनियरिङ एक्स्पो हुने

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७४
nabin (2)

पोखरा, २२ फागुन । पोखराको इञ्जिनियरिङ कलेजले फागुन २४ र २५ गते  ‘इञ्जिनियरिङ्ग एक्स्पो’ गर्ने भएको छ।

कलेजमा अध्ययनरत विद्यार्थीका प्रोजेक्ट सार्वजनिक गरिने छ। विद्यार्थीका सृजनालाई सार्वजनिक गरी थप हौसला प्रदान गर्ने र विकास गरिएका प्रविधिको व्यावसायिक उपयोगिताको प्रवर्द्वन गर्न उद्देश्यले एक्स्पो गर्न लागिएको हो ।

कलेजले मङ्गलबार पत्रकार सम्मेलन गरी एक्स्पो तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

एक्स्पोमा विद्यार्थीद्वारा निर्मित ट्राफिक लाइट कन्ट्रोलर, इजि इनर्जी, पेक एप, मेरो सवारी, रेन वाटर मोडल, सेयर टि्रप लगायत ४० भन्दा बढि सृजनाहरु प्रदर्शन गरिनेछ।

कलेजले वर्षेनी वा हरेक २ वर्षमा एक्स्पो गर्दै आएको प्रिन्सिपल लेखबहादुर गुरुङले जानकारी दिए।

‘यो एक्स्पो सबैका लागि उपयोगी छ’, प्रिन्सिपल गुरुङले भने-‘सहभागिताका लागि सबैलाई अनुरोध गर्दछौं।’ सो कलेजका विद्यार्थी मानवयन्त्र र भोटिङ यन्त्र निर्माण गरिसकेका छन्।

पत्रकार सम्मेलनमा कलेजका प्रशासन प्रमुख चिनकाजी गुरुङ र रिर्र्सच एण्ड डेभलप्मेन्ट प्रमुख सरोज गिरीले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

    • धर्म संघ बुद्ध विहारमा चैत्य पुनर्निर्माण

      आदर्श समाज सम्वाददाता माघ १४, २०७८
      पोखरा । पोखरा–२, विन्दुवासिनीस्थित धर्म संघ बुद्ध विहारको चैत्य पुनर्निर्माण गर्न लागिएको छ । २०१३ सालमा स्थापित सो विहारको चैत्य…
    • मानशा सहकारीको कारोबार सुरु

      आदर्श समाज सम्वाददाता माघ १४, २०७८
      पोखरा । पोखरा १७, हिमाली टोलमा कार्यालय रहने गरी स्थापित मानशा बहुउद्देश्यीय सहकारी संस्थाले विहीबारदेखि कारोबार शुभारम्भ गरेको छ ।…
    • पोखरा महानगरपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगित

      रासस माघ १३, २०७८
      पोखरा । भौगोलिक रूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यक बाहेकका नियमित सेवाहरू आजदेखि स्थगित गरिएको छ…
    • निर्माणाधीन पुल चर्कियो

      आदर्श समाज सम्वाददाता माघ १३, २०७८
      गगनगौंडा । पोखरा वडा ३२ र ३३ गगनगौंडा र लामगादी जोड्ने सेती नदीमाथि निर्माणाधीन पक्की पुल चर्किएको छ । ६१…
    • टोल विकास संस्थास्तरीय वक्तृत्वकलामा पार्वती प्रथम

      आदर्श समाज सम्वाददाता माघ १३, २०७८
      पोखरा । पोखरा वडा १३ कार्यालयद्वारा आयोजित टोल विकास संस्थास्तरीय वक्तृत्वकला प्रतियोगितामा कुँडहर टोलअन्तर्गत बाल कल्याण आमा समूहकी पार्वती सिग्देल…

    hero news full width