पीएनमा पूर्व विद्यार्थीद्वारा रक्तदान

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७४
alumni pnc

पोखरा, २२ फागुन । पीएनसी अलम्नाई, पृथ्वीनारायण क्याम्पसले आयोजना गरेको रक्तदान कार्यक्रममा ८८ युनिट रगत संकलन भएको छ। पीएनसी अलम्नाई पृथ्वीनारायण क्याम्पसका पूर्व विद्यार्थीको एक गैरराजनैतिक संगठन हो।

रक्तदान कार्यक्रम सो संगठनका सभापति विनोद पराजुलीको अध्यक्षतामा क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

क्याम्पस प्रमुख थापाले रक्तदातालाई ब्लड व्याग प्रदान गरी उद्घाटन गरिएको थियो। सो संगठनका सह-सचिव तथा रक्तदान कार्यक्रमका संयोजक उमेश सारू मगर पहिलो रक्तदाता थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले रक्तदान कार्यक्रले यस क्याम्पसमा भएका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई सहयोगको भावना अभिवृद्धि गर्नमा टेवा दिनेछ भने। पीएनसी अलम्नाईका सभापति पराजुलीले संगठनको पहिलो कार्यक्रम भएको जानकारी दिदै क्याम्पसको भौतिक, शैक्षिक तथा अन्य गतिविधिहरूमा संगठनले सक्दो सहयोग गर्ने विचार व्यक्त गरे।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख उपेन्द्र पौडेल, बसन्त पराजुली र महेन्द्र आलेका साथै प्राध्यापक डा यादवप्रसाद गौडेल, डा ज्ञानबहादुर कार्की, डा पुष्पराज शर्मा र डा मीन पुनको उपस्थिति थियो।

संगठनका सह-सचिव तथा रक्तदान कार्यक्रमका संयोजक सारू मगरका अनुसार आगामी कार्यक्रम अको महिनाको ३ गते क्याम्पसभित्र रहेको पुस्तकालय वरीपरी सरसफाईका साथै बगैचा बनाउने योजना रहेको छ । कार्यक्रमको सञ्चालन संगठनका कोषाध्यक्ष अन्जनी गुरूङले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width