आङ खस्ने रोगीको निःशुल्क शल्यक्रिया

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७४

पोखरा, २२ फागुन। पोखरा लेखनाथ महानगरपालिका र मातृशिशु अस्पताल बाटुलेचौरको संयुक्त आयोजनामा अस्पतालमा महिलाको पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया शिविर जारी छ । ३ दिनसम्म चल्ने शिविरमा करिब ४० जना महिलाको सफल शल्यक्रिया गर्ने लक्ष्य  रहेको जनाइएको छ ।

सोमबार कार्यक्रममा शुभारम्भमा पोखरा लेखनाथ महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले नेपालका करिब एकतिहाई महिलामा यो समस्या रहेको जनाउँदै अज्ञानता र लाज मान्ने प्रवृतिको अन्त्य गर्न सके महिलाको स्वास्थ्य अवस्था तुलनात्मक रुपमा सुधार हुने बताइन्।

स्वास्थ्यलाई आधारभूत आवाश्यकताका रुपमा हरेक नागरिकको पहुँचमा पुžयाउनु राज्यको दायित्व रहेको भन्दै उनले स्वास्थ्यको नीति निर्माण गर्ने क्रममा एक वडा एक स्वास्थ्य चौकीलाई प्राथमिकता दिनुपर्ने बताइन्।

वडा १६ का वडा अध्यक्ष जीवन आचार्यले प्रदेश ४ एकमात्र मातृशिशु अस्पतालको स्तरउन्नतिमा जोड दिए। ग्रामिण क्षेत्रमा रहेका अलिक उमेर ढल्किसकेका कयौन आमाहरु पाठेघर खस्ने समस्याले ग्रसित बनेको उल्लेख गरेका उनले नियमित स्वास्थ्य परिक्षणमा समेत जोड दिए।

पोखरा लेखनाथ महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले महिलामा आङ् खस्ने रोग दिनदिनै बढिरहेको भन्दै यससम्बन्धी सचेतना फैलाउनु पर्ने आवाश्यकतामा औल्याए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रेमराज पंगेनीले ३ दिनसम्म सञ्चालन गरिने शिविरमा सहभागी भएर लाभ लिन सेवाग्राहीलाई आग्रह गरे। यस्ता प्रकारका सचेतनामूलक शिविरलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्नेमा समेत उनले जोड दिए।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शालिकराम भट्टराईले अस्पतालले प्रदान गर्ने सेवा सुविधा प्रचार र प्राथमिकताको अभावका कारण ओझेलमा परेको भन्दै चिन्ता व्यक्त गरे। उनले यसलाई थप व्यवस्थित रुपमा सञ्चालन गरिए पनि सेवाग्राहीको चाप सोही अनुसारको हुन नसकेको उनले जनाएका छन्।नर्सिङ अधिकृत कविता पौडेलले  कार्यक्रम प्रभावकारी हुने बताइन्। महिलामा आङ् खस्ने रोगका कारण ज्यान नगए पनि संक्रमणको उच्च जोखिम हुने भएकाले समयमा नै उपचार गर्नुपर्ने उनले सुझाव दिइन्।

पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिठानबाट समेत विशेषज्ञ चिकित्सकको टोली शिविरमा सहभागी छन्।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width