उपल्लो र तल्लो संसदको पहिलो बैठक

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७४

काठमाडौ २१ फागुन । प्रतिनिधिसभाको अन्तरिम कार्यविधि-२०७४ पारित भएको छ । प्रतिनिधिसभाको सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको पहिलो बैठकले अन्तरिम कार्यविधि पारित गरेको हो।

बैठकले प्रतिनिधिसभाको अन्तरिम कार्यविधि-२०७४ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदको नाम मनोनयन गरेको छ। खगराज अधिकारी, मनबहादुर विश्वकर्मा, लक्ष्मणलाल कर्णर उमाशंकर अरगरियालाई मनोनित गरिएको छ। राष्ट्रियसभाको अन्तरिम कार्यविधि-२०७४ पनि सोमबार पारित भएको छ।

बैठकले राष्ट्रियसभाको अन्तरिम कार्यविधि-२०७४ अनुसार अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा अध्यक्षता गर्न पर्शुराम नेघी गुरुङ, राधेश्याम अधिकारी र कालिबहादुर मल्ललाई मनोनयन गरेको छ।

दुवै सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो। दुवै सभाको बैठक मंगलबार विहान ११ बजेका लागि बोलाइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width