पोखरा, २१ फागुन । पोखरा लेखनाथ वडा २३, चापाकोटमा अवस्थित सिद्धबराह माविमा भूतपूर्व विद्यार्थी मञ्च पुनर्गठनसँगै जिल्ला शिक्षा कार्यालय कास्कीको अनुदान सहयोगमा चारकोठे भवनको शनिबार शिलान्यास गरिएको छ। भवनको पोखरा लेखनाथ महानगर पालिकाका मेयर मानबहादुर जिसीले शिलान्यास गरेका हुन्।
उक्त अवसरमा पुनर्गठित भूतपूर्व विद्यार्थी मञ्चको अध्यक्षमा सूर्यप्रसाद भण्डारी सर्वसम्मत चयन भएका छन् ।
१७ सदस्यीय मञ्चको उपाध्यक्षमा लीला अधिकारी त्रिपाठी निर्वाचित भइन् । सचिवमा जीवनकुमार सुनार, कोषाध्यक्षमा सन्दीप पराजुली, सहसचिवमा हरिप्रसाद पौडेल र सहकोषाध्यक्षमा रोशनी शर्मा चयन भए ।
सदस्यमा लेखबहादुर क्षेत्री, कमलप्रसाद पराजुली, तारानाथ पराजुली, कृष्णबहादुर नेपाली, रामजी पौडेल, आयुष परियार, निर्मल पराजुली, गुरुदत्त पराजुली र दीपकप्रसाद पराजुली छन्।
सल्लाहकार संयोजकमा प्रेमप्रसाद पराजुली र सूर्य पराजुली ठूलादाइलाई मञ्चको अभियन्ताका रूपमा मनोनीत गर्ने निर्णय समेत गरेको छ।
फेसबुक म्यासेन्जर युकेबाट परिकल्पना गरिएको उक्त मञ्चले विद्यालयमा २० लाखको लागतमा चमेना गृह निर्माण गर्ने काम पनि शुरु गरिसकेको छ। हाल १० लाख रूपैयाँ सहयोग उठिसकेको र बाँकी रकम भूतपूर्व विद्यार्थी तथा दाताबाटै उठाएर काम सम्पन्न गर्ने लक्ष्य लिइएको मञ्चका कोषाध्यक्ष सन्दीप पराजुलीले बताए ।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९