Worldlink ads

तोमिजुङबासीको सपना साकार हुँदै

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७४
Tomijung (Lumle) Photo

पोखरा, २१ फागुन । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ७ साबिक लुम्ले गाविस वडा नं. २ तोमिजुङ गाँउ अब छिट्टै राष्ट्रिय सडक सञ्जालसंग जोडिने भएको छ। पोखरा-बागलुङ भूपि शेरचन राजमार्गको लुम्ले ढावा घुम्तीदेखि ढावा-लामखोरिया-तोमिजुङ ग्रामीण सडकको दोस्रो चरणको निर्माण कार्य शुरु भएपछि यो सम्भव भएको हो।

यसरी आफ्नै गाउँदेखि गाडी चढेरै पोखरा लगायत विभिन्न गन्तव्यहरुमा पुग्ने तोमिजुङबासीको वर्षौदेखिको अधुरो सपना अब छिट्टै पुरा हुने स्थानीयले बताएको छ।

आ.व. ०६७/०६८ मा पहिलोपटक निर्माण शुरु गरिएको झण्डै आठ किलोमिटर लामो उक्त ग्रामीण सडक पर्याप्त बजेट अभावका कारण हालसम्म स्थगित रहेको थियो। मुलुकमा झण्डै दुर्इ दशक लामो समयपछि गत जेठमा सम्पन्न स्थानीय निकायको निर्वाचन पश्चात् चालू आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिकाले पाँचलाख रुपैयाँ बजेट विनियोजन गरेपछि उक्त सडक निर्माणकार्यलाई पुनः अघि बढाइएको हो ।

गाउँपालिकाबाट सिमित रुपमा विनियोजित रकम अपुग हुने निश्चितप्राय भएकोले आन्तरिक स्रोत जुटाएर भएपनि यस पटक गाउँसम्मै मोटरबाटो पुर्‍याउने लक्ष्य राखेका छन्। तोमिजुङबासीले। तसर्थ, स्थानीय आमा समूहको तर्फबाट तोमिजुङ आमा समूहका अध्यक्ष श्रीमति चन्द्रकुमारी गुरुङले आफ्नो कोषमा बचत रहेको पाँच लाख रुपैयाँ खर्च गरेर भएपनि सडक निर्माण कार्यलाई पूर्णता दिने बिचार व्यक्त गरे।

यसरी नै झण्डै अलपत्र अवस्थामा रहेको उक्त ग्रामीण सडक निर्माण कार्य पुनः शुरु भएकोमा खुशी व्यक्त गर्दै गाउँकै सबैभन्दा ज्येष्ठ सदस्य ८९ वर्षीय डिलप्रसाद गुरुङले आफ्नो एक महिनाको पेन्सन बाटो निर्माणको लागि चन्दा सहयोग गर्न आफू तत्पर रहेको बताए। उनले अन्य गाउाबासीहरुलाई पनि सडक निर्माण कार्यमा गच्छेअनुसार सक्दो सहयोग गर्न आव्हानसमेत गरे।

उक्त ग्रामीण सडक निर्माणका लागि बुद्ध्रि्रसाद गुरुङ ‘सानो गोपाल’को अध्यक्षतामा ९ सदस्यीय ढावा-लामखोरिया-तोमिजुङ ग्रामीण सडक उपभोक्ता निर्माण समिति पुनगठन गरिएको छ। पुनर्गठित समितिले यही फाल्गुण १७ गतेदेखि दोस्रो चरणको सडक निर्माण कार्यको थालनी गरेको हो।

यसैबीच शनिबारदेखि अन्नपूर्ण गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष घनश्याम पौडेलले निर्माणाधीन उक्त सडकको निर्माण कार्यको निरीक्षण गर्नुका साथै कार्य प्रगतिको बारे जानकारी लिए।

सो अवसरमा सडक उपभोक्ता निर्माण समितिका सल्लाहकार आशबहादुर गुरुङले उक्त निर्माणाधीन सडकलाई वषायाममा बाढीपैर्‍होबाट जोगाउनको लागि सडकखण्डमा पर्ने विभिन्न खोल्सीहरुमा हृयूमपाइप र ग्याबिन जाली राख्न अति नै आवश्यक रहेकोले सो उपलब्ध गराइदिन वडा अध्यक्ष पौडेलमार्फत गाउँपालिका समक्ष माग गरे।

Related News

सम्बन्धित समाचार

    • विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना

      आदर्श समाज सम्वाददाता माघ ३, २०७८
      पोखरा । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको सामाजिक…
    • एक्यापसँग निरीह तल्ला सरकार

      आदर्श समाज सम्वाददाता माघ ३, २०७८
      पोखरा। कास्कीको मादी गाउँपालिकाले आफ्नो क्षेत्रबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) हटाइदिन संघ सरकारसँग आग्रह गरेको छ । विकासमा साझेदारी…
    • पत्रकार नारदजस्तो तटस्थ र निर्भीक हुनुपर्छः बास्तोला

      आदर्श समाज सम्वाददाता माघ १, २०७८
      कपिलबस्तु । स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकार नारदजस्तो हुन सक्नु पर्ने बताएका छन् । उनले स्वतन्त्र…
    • नेपाली नर्स लैजान बेलायत तयार

      रासस माघ १, २०७८
      पोखरा । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन्। दुवै देशका अधिकारीबीच शुक्रबार…
    • नरभक्षी बाघ नियन्त्रणका लागि टोली परिचालन   

      आदर्श समाज सम्वाददाता पौष ३०, २०७८
      नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी…

    hero news full width