लायन्स क्लव स्टकको फर्निचर सहयोग

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७४
Furniture Udhyog Sahayog

पोखरा, २१ फागुन ।लायन्स क्लव अफ पोखरा स्टकले तनहुँको शुक्ला गण्डकी १ मा रहेको अन्तर्राष्ट्रिय युवा वर्ष आधारभूत विद्यालयलाई फर्निचर सामग्री सहयोग गरेको छ। अध्यक्ष गोकुल रिमालको नेतृत्वमा गएको क्लव टिमले एक थान दराज, ४ थान टेबल र १० थान कुर्सीविद्यालयलाई प्रदान गरेको हो।

क्लवले विद्यालयलाई आवश्यक पर्ने ५५ हजार बराबरको फर्निचर सामग्री प्रदान गरेको सहयोगको समन्वय गरेका युवा व्यवसायी विष्णुहरी पन्थीले जानकारी दिए। क्लवले यसअघि, सोही विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडासमेत वितरण गरेको थियो।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक्ट ३२५ बि(वानका का सिनियर एओजी तथा क्लष्टर नम्बर १ का प्रमुख दुर्गाप्रसाद हुमागाईले लायन्सले गर्ने सामाजिक उत्तरदायित्व अर्न्तर्गत क्लवले विद्यालयलाई सहयोग गरेकोमा धन्यवाद दिए।कार्यक्रममा लायन्स क्लव अफ पोखरा स्टकका संस्थापक अध्यक्ष नारायणहरी भण्डारी, स्थानीय वडासदस्य सुशील कुँवर, महला समाजकी अध्यक्ष उमा पन्थी, समाजसेवी खेमराज अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज ढकाल, शिक्षक नरेशचन्द्र भण्डारी लगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width