पोखरा, २१ फागुन। पोखरामा महिलाहरुको पाठेघर खस्ने समस्याको तीन दिने निःशुल्क शल्यक्रिया शिविर शुरु भएको छ। पोखरा लेखनाथ महानगरपालिकाले सोमबार बाटुलेचौरस्थित मातृ शिशु मितेरी अस्पतालमा तीनदिने निःशुल्क शल्यक्रिया शिविरको आयोजना गरेको हो। पोखरा लेखनाथ महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले शल्यक्रिया शिविरको उद्घाटन गरेकी हुन्।
गुरुङले महिलाहरुले पाठेघर आङ खस्ने समस्यालाई लुकाउने गरेको बताइन्। महिलाहरुले अज्ञानता र लाजका कारण पाठेघर खस्ने समस्या लुकाउने गरेको बताइन्।
गुरुङले पाठेघर खस्ने समस्याबारे एक तिहाई महिलाले खुलेर भन्ने गरेपनि बाँकीले लुकाएर राख्ने प्रबृत्तिले रहेको बताइन् । कुल जनसंख्याको १० प्रतिशत महिला आङ खस्ने समस्याबाट पीडित रहेको बताउदै त्यसको लागी जनचेतना फैलाउनुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘आङ खस्ने रोग विशेष गरि १६ देखि ८० वर्ष उमेरका विवाहित महिलामा हुने समस्या हो।’
पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले महिलामा आङ खस्ने समस्या प्रमुख चुनौती बनेको बताए। उनकाअनुसार ग्रामीण भेगका कृषि क्षेत्र र बढि काम गर्ने महिलामा आङ खस्ने समस्या देखिएको छ।
मातृ शिशु मितेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रेमराज पङ्गेनीले महिलाको आङ खस्ने समस्याका लागि राज्यले ठूलो लगानी गरेको बताए । मेजर सल्क्रकिया हुने र २३ जना चिकित्सकको टोली खटिने बताउँदै राज्यको लगानी ठूलो भएको उनले बताए । तीनदिने शिविरमा आउने महिलाको निशुल्क शल्यक्रिया गरिने भएको छ।
सोमबार १० जनाको लक्ष्य राखिएकोमा सात जनाको शल्यक्रियाका लागि नाम टिपाएको महानगर नर्सिङ अधिकृत कविता पौडेलले जानकारी दिइन्। शल्यक्रिया गर्न सरकारले १३ रुपैयाँका दरले तोकेको भएपनि निजि अस्पतालमा दोब्बर खर्च हुने भएकाले पनि महिलाहरु समस्या लुकाउन बाध्य भएको बताइन्छ।
शल्यक्रियापछि चार दिन अस्पताल बस्नुपर्ने र एक महिना घरमै आराम गर्नुपर्ने हुन्छ। सोमबार, मंगलबार र बुधबार हुने शिविरको उद्घाटन कार्यक्रम मातृशिशु मितेरी अस्पताल संचालक समितिका अध्यक्ष शालिकराम भट्टराईको अध्यक्षतामा भएको थियो।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९