शहिद स्मृतिका विद्यार्थीलाई खेलकुद सामाग्री

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७४
Sahid Aawasiya School Moist Kaski

पोखरा, २१ फागुन। नेपाल कम्युनिष्ट पार्टीमाओवादी केन्द्र कास्कीले २३ औँ जनयुद्ध दिवस तथा शहिद सप्ताह २०७४ को  अन्तिम दिन सोमवार शहिद स्मृति आवासिय माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई खेलकुद सामाग्री सहयोग गरेको छ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ मझेरीपाटनमा रहेको विद्यालयमा अध्ययनरत २ सय ६० जना विद्यार्थीहरुलाई १ लाख २५ हजार रुपैयाँ बरावरको खेलकुद सामाग्री, गम्छा तथा फलफूल वितरण गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक वखानसिंह गुरुङ ‘आभाष’ले जानकारी दिए। सो अवसरमा माओवादी नेताहरुले शहिदका छोराछोरीहरुसंग भेटघाटसमेत गरे।

कार्यक्रममा वोल्दै पार्टीपोलिटव्युरो सदस्य तथा जिल्ला इञ्चार्ज राजकाजी गुरुङ ‘करण’ले झापा आन्दोलनदेखि महान् जनयुद्धसम्मका हजारौं शहिदहरुले वगाएको रगत पसिना र वलिदानको कारणले देशमा अहिलेको परिर्वतन सम्भव भएको धारणा राखे। माओवादीले शहिद परिवारलाई विर्सेको भनेर आरोप लगाईएपनि त्यो पूर्णत गलत रहेको भन्दै नेता करणले आफूहरु भाग्यवश वाँचेकोले नाफाको वाँकी जिन्दगीलाई शहिदकै सपनाहरुलाई पूरा गर्नतर्फ लागि पर्ने प्रतिवद्धता समेत जनाए।

कार्यक्रममा प्रदेस सांसदहरु रामजीप्रसाद वराल, दीपक कोइराला, पार्टीजिल्ला सह-संयोजक गंंगा पोखरेल, महानगर अध्यक्ष विश्वप्रकाश लामिछाने तथा माओवादी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width