पोखरा, २१ फागुन। लोककवि अलीमिया“को शतक जन्मजयन्तीका शुभ अवसरमा अलीमिया“ लोकवाङ्मय प्रतिष्ठानद्वारा वरिष्ठ साहित्यकार, संस्कृतिविद् चेतन कार्कीलाई अलीमिया“ लोकवाङ्मय सम्मान पुरस्कारसहित अभिनन्दन गरिदैंछ।
विगत पाँच दशकभन्दा अघिदेखि नेपाली साहित्य, संस्कृति र चलचित्रका क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदरस्वरूप यही २०७४ फागुन २५ गते शुक्रबार दिनको २ बजे पोखरा लेखनाथ महानगरपालिका वडा नं. १३ मिया“पाटनमा एक विशेष कार्यक्रमको आयोजना गरी कार्कीलाई रु. पचास हजारको अलीमिया“ लोकवाङ्मय सम्मान पुरस्कार सहित अभिनन्दन गरिने भएको प्रतिष्ठाने जनाएको छ।
वि.सं. १९९५ कार्तिक २२ गते बुबा जुद्धबीर कार्की र आमा चन्द्रमाया कार्कीका कोखबाट गण्डकी अञ्चल, स्याङ्जा जिल्लाको बहा“टारी, थुम आर्रूखर्कमा जन्मेर सानै उमेरदेखि नेपाली कला र संस्कृतिको उन्नयनमा साधानारत रहदै यसको संरक्षण र सर्ंवर्द्धनमा आज पर्यन्त अनवरत लागिरहेका साधक चेतन कार्की यसअघि सात दर्जनभन्दा बढी संघसंस्था एवम् नेपाल सरकारबाट विभिन्न अवसरहरूमा पुरस्कृत, सम्मानित र अभिनन्दित भइसकेका छन् । उनी नेपाली लोकगीत, लोकनृत्य र संस्कृतिमा विशेष विज्ञ मानिन्छन्।
थुप्रै साहित्यिक, सांस्कृतिक संस्थाहरूका निम्ति उनले दिएको नेतृत्व, सल्लाह एवम् संरक्षकत्वका कारणले धेरै प्रतिभावान स्रष्टाहरूका निम्ति कार्की एक प्रेरणादायक स्रोत हुन्।
चार दर्जनभन्दा बढी नेपाली चलचित्रमा संलग्न रहेका कार्कीका सयौं लोकप्रिय गीतहरू रेडियो र टेलिभिजनमा प्रसारित भएका छन्। उनका प्रकाशित कृतिहरूमा ‘आत्मा बेचेको छैन’ उपन्यास, ‘हनीमून’ उपन्यास, ढलेको ‘गिलास’ उपन्यास, ‘कल्पना टूट चुकी है’ हिन्दी/उर्दु कविता संग्रह हुन् ।
उनका सयौं कथा, कविता, गीत, गजल, निबन्ध संस्मरण आदि लेखहरू नेपाली, हिन्दी र अङ्ग्रेजी पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन्। उनको ‘नेपाली चलचित्रको इतिहास’ वि.सं. २०१९ – वि.सं. २०६० नामक पुस्तक प्रकाशोन्मुख रहेको छ।
Related News
सम्बन्धित समाचार
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
स्थानीयका कर्मचारी पनि आन्दोलित
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
कानुन कार्यान्वयनका लागि हो
hero news full width
मुख्य समाचार
घान्द्रुक होटलका पायोनियर
अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०घान्द्रुक घुम्न चक्रीय पदमार्ग
असाेज ६, २०८०