Worldlink ads

संस्कृतिविद् कार्कीको अभिनन्दन

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७४
Chetan Karki

पोखरा, २१ फागुन। लोककवि अलीमिया“को शतक जन्मजयन्तीका शुभ अवसरमा अलीमिया“ लोकवाङ्मय प्रतिष्ठानद्वारा वरिष्ठ साहित्यकार, संस्कृतिविद् चेतन कार्कीलाई अलीमिया“ लोकवाङ्मय सम्मान पुरस्कारसहित अभिनन्दन गरिदैंछ।

विगत पाँच दशकभन्दा अघिदेखि नेपाली साहित्य, संस्कृति र चलचित्रका क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदरस्वरूप यही २०७४ फागुन २५ गते शुक्रबार दिनको २ बजे पोखरा लेखनाथ महानगरपालिका वडा नं. १३ मिया“पाटनमा एक विशेष कार्यक्रमको आयोजना गरी कार्कीलाई रु. पचास हजारको अलीमिया“ लोकवाङ्मय सम्मान पुरस्कार सहित अभिनन्दन गरिने भएको प्रतिष्ठाने जनाएको छ।

वि.सं. १९९५ कार्तिक २२ गते बुबा जुद्धबीर कार्की र आमा चन्द्रमाया कार्कीका कोखबाट गण्डकी अञ्चल, स्याङ्जा जिल्लाको बहा“टारी, थुम आर्रूखर्कमा जन्मेर सानै उमेरदेखि नेपाली कला र संस्कृतिको उन्नयनमा साधानारत रहदै यसको संरक्षण र सर्ंवर्द्धनमा आज पर्यन्त अनवरत लागिरहेका साधक चेतन कार्की यसअघि सात दर्जनभन्दा बढी संघसंस्था एवम् नेपाल सरकारबाट विभिन्न अवसरहरूमा पुरस्कृत, सम्मानित र अभिनन्दित भइसकेका छन् । उनी नेपाली लोकगीत, लोकनृत्य र संस्कृतिमा विशेष विज्ञ मानिन्छन्।

थुप्रै साहित्यिक, सांस्कृतिक संस्थाहरूका निम्ति उनले दिएको नेतृत्व, सल्लाह एवम् संरक्षकत्वका कारणले धेरै प्रतिभावान स्रष्टाहरूका निम्ति कार्की एक प्रेरणादायक स्रोत हुन्।

चार दर्जनभन्दा बढी नेपाली चलचित्रमा संलग्न रहेका कार्कीका सयौं लोकप्रिय गीतहरू रेडियो र टेलिभिजनमा प्रसारित भएका छन्। उनका प्रकाशित कृतिहरूमा ‘आत्मा बेचेको छैन’ उपन्यास, ‘हनीमून’ उपन्यास, ढलेको ‘गिलास’ उपन्यास, ‘कल्पना टूट चुकी है’ हिन्दी/उर्दु कविता संग्रह हुन् ।

उनका सयौं कथा, कविता, गीत, गजल, निबन्ध संस्मरण आदि लेखहरू नेपाली, हिन्दी र अङ्ग्रेजी पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन्। उनको ‘नेपाली चलचित्रको इतिहास’ वि.सं. २०१९ – वि.सं. २०६० नामक पुस्तक प्रकाशोन्मुख रहेको छ।

Related News

सम्बन्धित समाचार

    • विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना

      आदर्श समाज सम्वाददाता माघ ३, २०७८
      पोखरा । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको सामाजिक…
    • एक्यापसँग निरीह तल्ला सरकार

      आदर्श समाज सम्वाददाता माघ ३, २०७८
      पोखरा। कास्कीको मादी गाउँपालिकाले आफ्नो क्षेत्रबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) हटाइदिन संघ सरकारसँग आग्रह गरेको छ । विकासमा साझेदारी…
    • पत्रकार नारदजस्तो तटस्थ र निर्भीक हुनुपर्छः बास्तोला

      आदर्श समाज सम्वाददाता माघ १, २०७८
      कपिलबस्तु । स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकार नारदजस्तो हुन सक्नु पर्ने बताएका छन् । उनले स्वतन्त्र…
    • नेपाली नर्स लैजान बेलायत तयार

      रासस माघ १, २०७८
      पोखरा । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन्। दुवै देशका अधिकारीबीच शुक्रबार…
    • नरभक्षी बाघ नियन्त्रणका लागि टोली परिचालन   

      आदर्श समाज सम्वाददाता पौष ३०, २०७८
      नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी…

    hero news full width