Worldlink ads

अलिमियाँ शतक सम्मान प्राध्यापक गुरुङलाई

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७४
DSC00040

पोखरा, १५ फागुन । लोककवि अलिमियाँको शत्वाषिर्की अवसरमा पोखरामा मंगलबार अलिमियाँ शतक सम्मानबाट प्राध्यापक गणेशबहादुर गुरुङलाई सम्मान गरिएको छ।

विगत ६ दशकदेखि शिक्षा र समाजसेवाको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै अलिमियाँ वाड्मय प्रतिष्ठानले उनलाई सम्मान गरेको हो।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र प्रतिष्ठान अध्यक्ष हनिफ मियाँले सम्मानपत्र सहित दोसल्ला ओढाएर उनलाई सम्मान गरे। प्रा गुरुङ १९९५ साल कात्तिक १८ गते पर्वतको ठानामौलामा जन्मेका हुन्।

पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले महानगरपालिकाले प्रत्येक वडामा एउटा पार्क निर्माण गर्ने तयारी गरिरहेको भन्दै अलिमियाँको जन्मस्थल पोखरा लेखनाथ महानगरपालिका वडा १३ मा उनैको नामबाट पार्क बनाउन सकिने उल्लेख गरे ।

आफूले साहित्य नजाने पनि साहित्यप्रति रुची राख्ने गरेको बताउँदै साहित्यले मानिसलाई तनाव मुक्त गर्ने उनको भनाइ छ।

उनले संस्कृति र प्रचूर सम्भावना नेपालको पुँजी भएको भन्दै बोलेर नभई गरेर देखाउनुपर्ने समय आएको बताए। प्रमुख जिसीले सम्मानित व्यक्तित्व प्रा गुरुङ अनुभवको पाठशाला भएको बताए।

सम्मानित व्यक्तित्व प्रा गुरुङले अलिमियाँको नामबाट सम्मान पाउँदा भाग्यमानी महसुस भएको बताए । उनले अलिमियाँ आफ्नो हृदयमा बास बस्न सकेको उल्लेख गरे।

प्रतिष्ठानका सल्लाहकार प्राडा रविलाल अधिकारीले राम्रो काम गर्ने व्यक्तिलाई सम्मान गरी प्रेरित गर्नुपर्नेमा जोड दिए।

सल्लाहकार डा कुुसुुमाकर न्यौपानेले नेपाली लोकसाहित्य र संस्कृतिलाई विश्वव्यापीकरण गर्नेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।

प्रतिष्ठानकै अर्का सल्लाहकार प्राडा तारा बरालले सम्मानित गुरुङलाई ‘आजाद शत्रुु व्यक्तित्वका रुपमा चित्रण गरे।

वडाध्यक्ष दर्शन लामाले लोककवि अलिमियाँ राष्ट्रको पहिचान भएको उल्लेख गरे

कार्यक्रममा अलिमियाँ लोकतारा रामजी पौडेल र मुस्लिम युवा क्लबका अध्यक्ष अफजल अलिले रचनावाचन गरेका थिए ।

प्रतिष्ठान अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिदेवी कोइरालाले स्वागत र सचिव पद्मराज ढकालले सञ्चालन गरेका थिए।

लोककवि अलिमियाँको शत्वाषिर्कीको अवसर पारेर वर्षभरी नै विविध कार्यक्रम गरिने भएको छ। फागुन २६ गते वरिष्ठ चलचित्र निर्देशक चेतन कार्कीलाई सम्मान गरिँदैछ।

जेठ ९ गते अलिमियाँ वाङ्मय प्रतिष्ठानको वाषिर्कोत्सव र साउन १८ गते स्मृति दिवसमा विशेष कार्यक्रम गरिने बताइएको छ। त्यसबाहेक पनि अन्य कार्यक्रम थप गरिने प्रतिष्ठानले जनाएको छ।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग