महिलालाई ट्राफिक सचेतनासँगै गाडी सिकाइँदै

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७४
28643003_1894883230531101_144743149_o

पोखरा, १५ फागुन।  सामाजिक जागरणका लागि नारी अभियानले पोखरामा महिलालाई ट्राफिक सचेतनासँगै गाडी सिकाउने अभियान शुरु गरेको छ।

पोखरामा मंगलबार आयोजित कार्यक्रममा मानव सेवा आश्रमको परिचयात्मक कार्यक्रमसँगै गाडी सिकाउने अभियान शुरुवात गरिएको पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य समेत रहेकी सामाजिक जागरणका लागि नारी अभियानकी अध्यक्ष सुष्मा पौडेलले जानकारी दिइन् ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश ४ का उपसभामुख सृजना शर्माले मानवसेवा नै सबै मानिसको कर्त्तव्य भएको बताइन् । उनले सेवामा जस्तो आनन्द अरु कार्यमा नहुने बताइन्। उनले मानव सेवा आश्रमले गरेको सेवा र सामाजिक जागरणले समाज र महिलाका लागि गरेका गतिविधिको प्रशंसा गरिन्।

यस्तै, उपसभामुख शर्मालाई सामाजिक जागरणका तर्फबाट सम्मान गरियो । उनलाई अभियन्ता सुष्मा पौडेलले दोसल्ला ओढाउँदै सम्मानपत्र हस्तान्तरण गरिन् ।

यस्तै, सोही कार्यक्रममा प्रदेशसभा सदस्य प्रभा कोइराला, गायत्री गुरुङ र मीना गुरुङलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमबीच विभिन्न आमा समूह तथा संस्थाका महिला समूहले समेत सम्मान गरेका थिए।मानवीयताको लागि सडक मानवको हकहित र अधिकार विषयमा आवाज उठाउँदै मानवसेवा आश्रमको विषयमा आश्रमको अभियन्ता होमनाथ तिमल्सिनाले परिचयात्मक प्रस्तुति राखेका थिए ।

अभियन्ता नवराज केसी र राजेश फुयालले कास्कीमा मावन सेवा आश्रम चाँडै सञ्चालन हुन लागेको जानकारी दिँदै सहयोगका लागि आहृवान गरे।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले टोलटोलमा ट्राफिक  सचेतना जगाउनुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा ट्राफिक सचेतना विषयमा सहायक प्रहरी निरीक्षक राजेन्द्र कार्कीले सहजीकरण गरेका थिए।

संस्था अध्यक्ष सुष्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य सरस्वती अधिकारी र सञ्चालन पवित्रा केसीले गरेका थिए। कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, मानवअधिकारकर्मी, समाजसेवी, आमा समूह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि गरी १ सय ५० भन्दा बढीको सहभागिता थियो।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width