४ नं. प्रदेशलाई समृद्ध बनाउछु मुख्यमन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७४
bst

लमजुङ पोखरा सम्पर्क समिति र लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरको कार्कीडाँडामा आयोजना गरेको रमाइलो पारिवारिक वनभोज एवं लमजुङ जिल्लाबाट निर्वाचित प्रदेशसभा, प्रतिनिधी सभा र राष्ट्रिय सभाका माननिय सांसदज्युहरुलाई बधाई एवं सम्मान कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ४ नंं प्रदेशलाई नेपाल कै नमुना, समृद्ध र सुशासनको नमूना बनाउने दाबी गर्नुभएको छ ।

भ्रष्टचारमा शून्य सहनशीलता अपनाउने बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि कार्यदल बनाई अनुगमन गर्ने र गल्ती भेटिएमा तत्काल कारबाही गर्ने बताउनुभयो । मुख्यमन्त्री गुरुङले प्रदेश नम्वर ४ जलविद्युत, पर्यटन र कृषिका लागि उत्कृष्ट प्रदेश भएको दाबी गर्नुभयो । १० वर्ष भित्र ५ हजार मेगावाट विद्युत उत्पादन गरी घरघरमा विजुली पु¥याई टुकी बिहिन प्रदेश बनाउने, जनजनमा शेयर अभियानलाई सार्थकता दिने बताउनुभयो । ५ वर्ष्भित्रमा अन्तर्रा्ष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्ने, ५ वर्ष्भित्रमा प्रदेशका सबै स्थानीय तहको केन्द्रसँग प्रदेश राजधानीको सडक पहुँच विस्तार गर्ने, स्थानीय तहसँगको समन्वयमा २ वर्ष्भित्र प्रत्येक गाउँ र बस्तीमा शुद्ध पिउने पानीको ब्यवस्थापन गर्ने, सरकारको कार्यसम्पादनलाई चुस्त र दुरुस्त पार्नका लागि विद्युतीय सुशासनमा जोड दिने, ५ बर्ष्भित्र अन्तराष्ट्रिय स्तरको खेलमैदान निर्माण गर्ने, प्रदेश ४ को समृद्धिलाई केन्द्रविन्दुमा राखेर काम गर्छु ।

आर्थिक समृद्धि लगायत विविध कुराको कानुन निर्माणसँगै विकासले गति लिन्छ । यस भूगोललाई प्रमुख पर्यटकीय हब बनाउन प्राथमिकताका साथ काम गर्ने बताए साथै सो कार्यक्रममा भने मान्छे जहाँ गए पनि आफु जन्मेको हुर्केको ठाउँको अति नै माया लाग्दो रहेछ । भन्दै जस्तो सुकै दुःख, सुख पनि साथ दिन आफु पछि नपर्ने बताउनु भयो । त्यस्तै अर्का अतिथि माननिय सांसद मायानाथ अधिकारीले म जहिले पनि लमजुङे विकास निर्माणको निम्ती साथमा रहने बताउनु भयो । त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य ऋषीराम चिलुवाले गर्नुभएको थियो । कार्यक्रम संयोजक जगत गिरीले निमन्त्रणलाई स्विकार गरेर आउनु भएका प्रमुख अतिथि, अतिथि, सम्पुर्ण उपस्थितीहरुमा हार्दिक धन्यवाद प्रकट गर्नु भएको थियो साथै सम्मानीत व्यत्तित्व परिचय गराउनु भएको थियो ।

यस कार्यक्रमका अध्यक्ष दीपकराज घिमिरेले कार्यक्रमको समापन गर्दै सम्पूर्ण लमजुङेहरु एक रहेको र हामीमा कुनै जात जाती, राजनीति विशेषको नभई सम्पूर्ण लमजुङेहरुको छाता संगठन, सदैव समाजसेवा रहेको भनि संस्थाको बारेमा प्रकाश पार्नुभएको थियो । लमजुङलाई प्रदेश राजधानी देखी २ ओटा मोटर बाटोले जोडन सकेमा कृषि र पर्यटनमा फड्को मार्ने बताउनु भएको थियो । संस्थाका उपाध्यक्ष कृष्ण गिरीले प्रमुख अतिथि र अतिथिहरुलाई खादा लगाई र मायाको चिनो दिएर सम्मान गर्नु भएको थियो । कार्यक्रम संचालन इश्वर चिलुवाले गर्नु भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width

Recent Posts

भर्खरै