पोखरा, १४ फागुन । साउदी उडेको आउँदो चैत ३ गते बल्ल वर्षदिन पुग्दैछ । स्याङ्जा चिलाउनेबास, उखुबारीका दीपेन्द्रराज पौडेल त्यहाँ थला परेकै ३ महिना भईसक्यो । २७ वर्षीय पौडेलले ६ महिनामात्रै राम्ररी काम गरे ।
सकिनसकी २ महिना गरे त्यसपछि सकेनन् । ढाडमा समस्या आएपछि कोठामै थलिएर बसेका छन् । २ लाख रुपैयाँ नभएर र्फकन सकेनन् । बिहे गरेको ४ वर्षमात्रै भयो । घरको आर्थिक अवस्था कमजोर रहेकाले महिनाको ८ सय रियल (२१ हजार ६ सय रुपैयाँ) मात्रै तलबमा अरबको तातो हावामा पसिना चुहाउन उनी राजी भए । यसमा पनि बस्नमात्र सुविधा थियो । खान आफै जोहो गर्नुपथ्यो । काठमाडौंको एएस इन्टरनेशनल प्रालि म्यानपावरमा १ लाख २० हजार रुपैयाँ तिरेर साउदी उडे ।
‘म्यानपावरले मलाई पठाएको हेल्परमा हो । तर फलामका भारी काम उठाउने काममा लगायो । हामी काम गर्न नसक्ने भन्दा कम्पनीले कुरै सुनेनन् । काम गर्न बाध्य बनाए’ फेसबुकमार्फत हामीसँगको सर्म्पर्कमा आएका दीपेन्द्रले सन्देश पठाएका छन्- ‘८ घण्टा ड्युटी भनेर पठाएको १० घण्टा गर्न बाध्य बनाइयो । ८० किलोसम्मको फलाम उठाउनुपर्ने काम थियो । त्यसैका कारण हड्डी खिएछ । एकदिन उठ्नै सकिन, बसेको बस्यै भएँ ।’
म्यानपावरले अरेवियन स्पायर भन्ने कम्पनीमा पठाएकोमा कम्पनी उही भए पनि काम फरक गर्न लगाएको उनले दुःखेसो पोखे । म्यानपावरमा १ लाख २० हजार तिरेर आए पनि जम्मा १० हजारको फर्जी बिल दिएको भन्दै उनले म्यानपावरले अहिले वास्ता नगरेको गुनासो गरे । ‘२ वषे करार, ८ घण्टा काम, खाना ३ सय ५० साउदी रियल, बस्ने सुविधा छ भनेर पठाएका हुन्’-पोखरेलले भने-‘बीमा र उपचार कम्पनीद्वारा भनिएको थियो । तर कम्पनीले उपचार गरिदिएन । फर्किदाँको हवाइटिकट कम्पनीले नै भन्ने सम्झौता थियो तर करार अवधि समाप्तभएपछि मात्र भनेकाले त्यो भएन । त्यसैले रोकिएर बसेको छु ।’ म्यानपावरका पिआर अफिसर नारायण भट्टराईको भिजिटिङ कार्डमा रहेको नम्बरमा सर्म्पर्क गर्न खोज्दा मोबाइल स्विच्ड अफ थियो । करार अवधि समाप्त नभएकाले जाने भए १० हजारबाट घटाएर ६ हजार रियल मागेको भन्दै उनले कम्पनीले पनि नछाडेको र र्फकने पैसा पनि नभएकाले कोठामै थलिएर बस्नुपरेको बताए । ‘पैसा एक रुपैयाँ छैन । ८ महिनामा ९० हजार जति कमाएको पनि उपचारमै सकियो । साउदीजस्तो देशमा आएका साथीहरुसँग पनि के पैसा हुन्छ र – उनीहर्रु इण्डियन हो । अहिलेसम्म पालेका छन्’ पौडेलले भने । उनले आफू नेपाल आउन चाहेको तर पैसा नभएकाले सहयोगको याचना गरेका छन् । घरमा पौडेलकी आमाबुवा र श्रीमती छन् । उनलाई ९८२४१६७६७२ मा सर्म्पर्क गरी आर्थिक सहयोग गर्न सकिनेछ ।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९