स्याङ्जाका दीपेन्द्र साउदीमै थलिए

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७४
Dipendra

पोखरा, १४ फागुन । साउदी उडेको आउँदो चैत ३ गते बल्ल वर्षदिन पुग्दैछ । स्याङ्जा चिलाउनेबास, उखुबारीका दीपेन्द्रराज पौडेल त्यहाँ थला परेकै ३ महिना भईसक्यो । २७ वर्षीय पौडेलले ६ महिनामात्रै राम्ररी काम गरे ।

सकिनसकी २ महिना गरे त्यसपछि सकेनन् । ढाडमा समस्या आएपछि कोठामै थलिएर बसेका छन् । २ लाख रुपैयाँ नभएर र्फकन सकेनन् । बिहे गरेको ४ वर्षमात्रै भयो । घरको आर्थिक अवस्था कमजोर रहेकाले महिनाको ८ सय रियल (२१ हजार ६ सय रुपैयाँ) मात्रै तलबमा अरबको तातो हावामा पसिना चुहाउन उनी राजी भए । यसमा पनि बस्नमात्र सुविधा थियो । खान आफै जोहो गर्नुपथ्यो । काठमाडौंको एएस इन्टरनेशनल प्रालि म्यानपावरमा १ लाख २० हजार रुपैयाँ तिरेर साउदी उडे ।

‘म्यानपावरले मलाई पठाएको हेल्परमा हो । तर फलामका भारी काम उठाउने काममा लगायो । हामी काम गर्न नसक्ने भन्दा कम्पनीले कुरै सुनेनन् । काम गर्न बाध्य बनाए’ फेसबुकमार्फत हामीसँगको सर्म्पर्कमा आएका दीपेन्द्रले सन्देश पठाएका छन्- ‘८ घण्टा ड्युटी भनेर पठाएको १० घण्टा गर्न बाध्य बनाइयो । ८० किलोसम्मको फलाम उठाउनुपर्ने काम थियो । त्यसैका कारण हड्डी खिएछ । एकदिन उठ्नै सकिन, बसेको बस्यै भएँ ।’

म्यानपावरले अरेवियन स्पायर भन्ने कम्पनीमा पठाएकोमा कम्पनी उही भए पनि काम फरक गर्न लगाएको उनले दुःखेसो पोखे । म्यानपावरमा १ लाख २० हजार तिरेर आए पनि जम्मा १० हजारको फर्जी बिल दिएको भन्दै उनले म्यानपावरले अहिले वास्ता नगरेको गुनासो गरे । ‘२ वषे करार, ८ घण्टा काम, खाना ३ सय ५० साउदी रियल, बस्ने सुविधा छ भनेर पठाएका हुन्’-पोखरेलले भने-‘बीमा र उपचार कम्पनीद्वारा भनिएको थियो । तर कम्पनीले उपचार गरिदिएन । फर्किदाँको हवाइटिकट कम्पनीले नै भन्ने सम्झौता थियो तर करार अवधि समाप्तभएपछि मात्र भनेकाले त्यो भएन । त्यसैले रोकिएर बसेको छु ।’ म्यानपावरका पिआर अफिसर नारायण भट्टराईको भिजिटिङ कार्डमा रहेको नम्बरमा सर्म्पर्क गर्न खोज्दा मोबाइल स्विच्ड अफ थियो । करार अवधि समाप्त नभएकाले जाने भए १० हजारबाट घटाएर ६ हजार रियल मागेको भन्दै उनले कम्पनीले पनि नछाडेको र र्फकने पैसा पनि नभएकाले कोठामै थलिएर बस्नुपरेको बताए । ‘पैसा एक रुपैयाँ छैन । ८ महिनामा ९० हजार जति कमाएको पनि उपचारमै सकियो । साउदीजस्तो देशमा आएका साथीहरुसँग पनि के पैसा हुन्छ र – उनीहर्रु इण्डियन हो । अहिलेसम्म पालेका छन्’ पौडेलले भने । उनले आफू नेपाल आउन चाहेको तर पैसा नभएकाले सहयोगको याचना गरेका छन् । घरमा पौडेलकी आमाबुवा र श्रीमती छन् । उनलाई ९८२४१६७६७२ मा सर्म्पर्क गरी आर्थिक सहयोग गर्न सकिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width