कावासोती, १४ फागुन। नयाँ नेपाल शहीद स्मृति प्रतिष्ठान कावासोतीले शहीद सप्ताहअन्तर्गत सोमबार कावासोतीमा शहीद परिवारलाई सम्मान गरेको छ।
जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेको स्मृतिसँग जोडेर शहीद सप्ताहअन्तर्गत शहीद परिवार सम्मान गरिएको हो।
कार्यक्रममा शहीद लक्ष्मण सोती मगरका दाजु कुलबहादुर सोती मगर, शहीद रेशमलाल भुसालकी श्रीमती शिवकुमारी भुसाल, शहीद धनश्याम ज्ञवालीका छोरा कमल ज्ञवाली, शहीद बाबुराम खनालकी छोरी सीता खनाल र शहीद फुलमाया सारु मगरका दाजु बेलबहादुर सारु मगरलाई सम्मान गरिएको थियो।
कार्यक्रममा शहीद परिवारले शहीद जुन सपना देखेर बलिदानी दिए ती सपना अझै पूरा हुन नसकेको गुनासो गरेका थिए।
नयाँ नेपाल शहीद स्मृति प्रतिष्ठान फलफूल चोक कावासोतीमा भएको कार्यक्रममा शहीद धनश्याम ज्ञवालीका छोरा कमल ज्ञवाली, शहीद फूलमाया सारु मगरका दाजु बेलबहादुर सारु मगर, नेकपा माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य किशान शर्मा गैरे, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकूल, नयां शक्ति पार्टीनवलपुरका संयोजक मोति रिजाल लगायतले बोलेका थिए ।
नयाँ नेपाल शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष पिताम्वर तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बाबुराम पोख्रेलले गरेका थिए । त्यस्तै, नेकपा -क्रान्तिकारी माओवादी) नवलपरासीले जनयुद्धका शहिदहरुकोस्मृतिमा बलिदान दिवस मनाएको छ। सोमबार बर्दघाटमा एक कार्यक्रम गरी बलिदान दिवस मनाएको हो।
माओवादीले फागुन १४ देखि २१ गतेसम्म शहिद सप्ताह मनाउने गरेको छ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९