शहीद परिवारको सम्मान

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७४

कावासोती, १४ फागुन। नयाँ नेपाल शहीद स्मृति प्रतिष्ठान कावासोतीले शहीद सप्ताहअन्तर्गत सोमबार कावासोतीमा शहीद परिवारलाई सम्मान गरेको छ।

जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेको स्मृतिसँग जोडेर शहीद सप्ताहअन्तर्गत शहीद परिवार सम्मान गरिएको हो।

कार्यक्रममा शहीद लक्ष्मण सोती मगरका दाजु कुलबहादुर सोती मगर, शहीद रेशमलाल भुसालकी श्रीमती शिवकुमारी भुसाल, शहीद धनश्याम ज्ञवालीका छोरा कमल ज्ञवाली, शहीद बाबुराम खनालकी छोरी सीता खनाल र शहीद फुलमाया सारु मगरका दाजु बेलबहादुर सारु मगरलाई सम्मान गरिएको थियो।

कार्यक्रममा शहीद परिवारले शहीद जुन सपना देखेर बलिदानी दिए ती सपना अझै पूरा हुन नसकेको गुनासो गरेका थिए।

नयाँ नेपाल शहीद स्मृति प्रतिष्ठान फलफूल चोक कावासोतीमा भएको कार्यक्रममा शहीद धनश्याम ज्ञवालीका छोरा कमल ज्ञवाली, शहीद फूलमाया सारु मगरका दाजु बेलबहादुर सारु मगर, नेकपा माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य किशान शर्मा गैरे, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकूल, नयां शक्ति पार्टीनवलपुरका संयोजक मोति रिजाल लगायतले बोलेका थिए ।

नयाँ नेपाल शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष पिताम्वर तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बाबुराम पोख्रेलले गरेका थिए । त्यस्तै, नेकपा -क्रान्तिकारी माओवादी) नवलपरासीले जनयुद्धका शहिदहरुकोस्मृतिमा बलिदान दिवस मनाएको छ। सोमबार बर्दघाटमा एक कार्यक्रम गरी बलिदान दिवस मनाएको हो।

माओवादीले फागुन १४ देखि २१ गतेसम्म शहिद सप्ताह मनाउने गरेको छ।

Related News

सम्बन्धित समाचार

  • हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन  

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ । संस्थाले…
  • शिशुवा सिसाघाट सडक शिलान्यास

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक अन्तर्गतको शिशुवा–खुदीखोला पुल खण्डको बिहीबार शिलान्यास गरेका छन् । प्रमुख…
  • मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ता नियुक्तिको १५ दिन पछि मात्र वेबसाइटको विवरण अपडेट गरेको छ ।…
  • कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति…
  • पुस्तक दिवसमा पुस्तक साटासाट

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना…

hero news full width