लमजुङका सांसदको सम्मान

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७४

पोखरा, १४ फागुन । लमजुङ पोखरा सर्म्पर्क समिति र लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभामा लमजुङबाट निर्वाचित सांसदलाई पोखरामा एक कार्यक्रम गरी बधाई एवं सम्मान गरेको छ ।

कार्यक्रममा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश ४ लाई नेपालकै नमूना, समृद्ध र सुशासनको नमूना बनाउने दाबी गरे ।

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि कार्यदल बनाई अनुगमन गर्ने र गल्ती भेटिएमा तत्काल कारबाही गर्ने बताए । मुख्यमन्त्री गुरुङले प्रदेश ४ जलविद्युत्, पर्यटन र कृषिका लागि उत्कृष्ट प्रदेश भएको दाबी गरे ।

सांसद मायानाथ अधिकारीले आफू जहिले पनि लमजुङे विकास निर्माणको निम्ती साथमा रहने बताए । कार्यक्रममा स्वागत मन्तव्य सहकारीका अध्यक्ष ऋषिराम चिलुवालले गरेका थिए ।

अध्यक्ष दीपकराज घिमिरेले सम्पूर्ण लमजुङेहरु एक रहेको र कुनै जातजाति, राजनीति विशेषको नभई सम्पूर्ण लमजुङेहरुको छाता संगठन, सदैव समाजसेवा रहेको बताए । लमजुङलाई प्रदेश राजधानीदेखि दुर्इ मोटरबाटोले जोड्न सके कृषि र पर्यटनमा फड्को मार्ने बताए ।

उक्त अवसरमा संस्थाका उपाध्यक्ष कृष्ण गिरी तथा इश्वर चिलुवालले पनि मन्तव्य व्यक्त गरेको जगत गिरीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…
  • रोजगार खोज्दै मेलामा

    विजय नेपाल वैशाख १२, २०८१
    पोखरा । पोखरा मालेपाटनकी ४० वर्षीया संगीता केसीले केही नोकरी पाइन्छ कि ? भन्दै मंगलबार एक स्टल सञ्चालकसमक्ष जिज्ञासा राखिन्…

hero news full width