ह्याप्पी क्लोजेट बुटिक सञ्चालन

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७४
boutique

पोखरा, १३ फागुन। पोखरा ट्रेड मलमा ‘ह्याप्पी क्लोजेट’ नामक बुटिक सञ्चालनमा आएको छ।

बुटिक उद्घाटन मानव मिलन नारी जागरण समूहकी अध्यक्ष सविता बरालले गरिन्। उनले भनिन्, ‘विशेषगरि महिलाहरुको व्यक्तित्व र नेतृत्व विकास सम्बन्धमा बुटिकले धेरै अर्थ राख्छ। यसले महिलाहरुको व्यक्तित्व विकाससँगै उनीहरुलाई स्वरोजगार बनाउन पनि भूमिका खेलिरहेको छ।’

‘हयाप्पी क्लोजेट’ बुटिक स्नेहा गुरुङले सञ्चालनमा ल्याएकी हुन्। बेलायतबाट बुटिक डिजाईनसम्बन्धी अध्ययन सकेर फकेपछि उनले नेपालमै यसलाई व्यवसायिक रुप दिएकी हुन्। साँस्कृतिक पहिरनदेखि अन्तराष्ट्रिय ट्रेन्डमा चलेका सम्पूर्ण खाले पहिरनहरु ‘हृयाप्पी क्लोजेट’मा तयार हुने संचालक स्नेहा गुरुङले दाबी गरिन्।

पहिरन पारखीहरुका लागि ‘हृयाप्पी क्लोजेट’ रोजाईको बुटिक बन्न सक्ने संचालकको दाबी छ। ‘बुटिकमा ६ जनाले रोजगारी पाएका छन्।

कार्यक्रममा पोखरा ट्रेड मलका व्यवस्थापक माधव तिमिल्सिना, गुरुकुल म्यूजिक सेन्टरका तीथराज पोखरेल, टोल विकास संस्था वडा नम्बर ९ का अध्यक्ष उत्तम जोशी लगाएतले बुटिकको व्यावसायिक सफलताको कामना गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width