रेवानको तालिम शुरू

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७४
reban

पोखरा, १४ फागुन । रेवान पोखराको आयोजना तथा नेदरल्याण्डको संस्था पमको प्राविधिक सहयोगमा पोखरामा कण्टिनेण्टल फुड प्रिपिरेशन तथा डेकोरेशनसम्बन्धी तालिम शुरु भएको छ।

रेवान पोखरा सल्लाहकार गणेशबहादुर भट्टराइले तालिम उद्घाटन गर्दै तालिमले रेष्टुरेण्टमा कार्यरत कर्मचारीलाई दक्ष बनाउने विश्वास व्यक्त गरे । उनले तालिममा सिकेका कुरा अन्यलाई सिकाउन र व्यवहारमा लगाउन पनि सुझाव दिए ।

कार्यक्रममा रेवान पोखराका पूर्वाध्यक्ष सूर्यबहादुर भुजेल, सिटिइभिटी पोखराका प्रमुख जीवन भण्डारी लगायतले रेष्टुरेण्टका कर्मचारीले ग्राहकको सेवा गर्दाको प्रस्तुतिकरणमा प्रकास पारेका थिए। नेदरल्याण्डका एक्र्सपर्ट इडले धेरैजसो विदेशीमा फुडएलर्जी समस्या देखिएको भन्दै रेष्टुरेण्टमा काम गर्नेले आफ्ना ग्राहकमा कुन खानेकुराले एलर्जी हुन्छ भन्ने कुरामा समेत ध्यान पुर्‍याउनुपर्ने बताए।

रेवान पोखरा अध्यक्ष चौबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपाध्यक्ष भीमसेन भुजेलले स्वागत तथा तालिम संयोजक लक्ष्मण बरालले सञ्चालन गरेका थिए। ३ दिनसम्म चल्ने तालिममा रेवानमा आवद्ध विभिन्न रेष्टुरेण्टमा कार्यरत ३५ जना सेफको सहभागिता छ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width