पोखरा, १३ फागुन। कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई सेयरमा लगानी गर्न आग्रह गरेको छ। कोषले ऋण लगानी गरी कम्पनीको सेयरमा सञ्चयकर्तालाई सुनिश्चित गरिएको सेयरमा लगानी गर्न आग्रह गरेको हो।
कर्मचारी सञ्चयकोष शाखा कार्यालय पोखराले आइतबार पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो।
कोषले ऋण लगानी गरेका कम्पनीको सेयरमा सञ्चयकर्तालाई सहभागिता गराइएको कर्मचारी सञ्चयकोष शाखा कार्यालय पोखराका प्रमुख दिलीपराज पौडेलले जानकारी दिए।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडमा सेयर प्रदान भइसकेको र चिलिमे जलविद्युत् आयोजनाबाट प्रबर्द्धित ३ वटा परियोजना साञ्जेन, भोटेकोशी र रसुवागढी जलविद्युत् कम्पनीमा सेयर प्रदान गर्ने प्रक्रियामा रहेको पौडेलले बताए।
साञ्जेन जलविद्युत् कम्पनीको सयअङ्कित दरको सेयर २०६८ मंसिरदेखि बहाल रहेका र विवरणपत्र स्वीकृतप्राप्त २०७४ मंसिर २६ सम्म थप भएका कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताले न्यूनतम् ५० कित्ता तथा अधिकतम् ३ सय कित्तासम्म आवेदन गर्न सक्ने उल्लेख गरिएको छ।
रसुवागढी हाइड्रोपावर कम्पनीको सय अङ्कित दरको सेयर २०६८ मंसिर २२ मा बहाल रहेका र २०७४ पुस २० सम्ममा थप भएका कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताले न्यूनतम ५० कित्ता तथा अधिकतम् ५ सय कित्तासम्म आवेदन गर्न सक्ने जनाएको छ। भोटेकोशी जलबिद्युत कम्पनीको सेयरका लागि स्वीकृतिको प्रक्रियामा रहेको जनाइएको छ।
कर्मचारी सञ्चयकोष, विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनीबाट पवबर्द्धित वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीमा सञ्चयकर्ताको ४० प्रतिशत सेयर लगानी गर्नेगरी कम्पनीको स्थापना गरिएको शाखा प्रमुख पौडेलले उल्लेख गरे। उनका अनुसार यसमा मुनाफा रकमलाई सेयरमा रुपान्तरण गरी सञ्चयकर्तालाई उपलब्ध गराउने व्यवस्था मिलाइएको हो।
कर्मचारी सञ्चय कोषले ऋण लगानी गरेको जलविद्युत् परियोजनासँग सम्बद्ध साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर निष्काशन तथा बिक्री खुल्ला भइसकेको पौडेलले जनाए।
सेयर खरिदका लागि फागुन ११ देखि ३० गतेसम्म सेन्ट्रालाइज्ड एप्पलिकेशन फर एसबीए वेस्ड इस्सुएन्स, आस्वा प्रणालीमार्फत दरखास्त संकलन गर्न आवद्ध आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट दरखास्त दिन सकिने छ।
कोषका सञ्चयकर्ताका लागि छुट्याइएको साधारण सेयर आवेदन गर्नका लाग कुनै पनि बैंक तथा वित्तीय संस्थामा डिम्याट खाता भएका सञ्चयकर्ताले दरखास्ता दिँदा सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएको दरखास्त फाराम भरी कर्मचारी सञ्चयकोषले जारी गरेको सञ्चयकर्ता परिचयपत्रको प्रतिलिपि अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ।
Related News
सम्बन्धित समाचार
औद्योगिक व्यापार मेला महिला : उद्यमशीलता तथा हस्तकला प्रवद्र्धनको विशेष व्यवस्था
लेखनाथ महोत्सव तयारी तीव्र
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
लेखनाथ महोत्सवका ६० प्रतिशत स्टल बुकिङ
औद्योगिक व्यापार मेला २१ मंसिरदेखि
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०