बेगनासताल बृहत् सरसफाइ

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७४

लेखनाथ, १३ फागुन। बेगनास युवा क्लबको आयोजनामा बृहत् वेगनासताल सरसफाइको चौथो श्रृंखला सम्पन्न भएको छ।

प्रत्येक शनिबार गरिँदै आएको सरसफाइ अभियानअन्तर्गत यसपालि बेगनासतालको माथिल्लो बजार, तल्लो बजार, बेगनासताल बसपार्क, नहर क्षेत्रको फोहर डोजर लगाइ निकालेर व्यवस्थापन गरिएको थियो।

कार्यक्रममा पोखरा विश्वविद्यालयका मानविकी संकायका डीन इन्द्रप्रसाद तिवारी, पूर्व न्यायाधीश डिल्लीरमण तिवारी, पोखरा लेखनाथ महानगरपालिकाका कानुन अधिकृत राममणि अधिकारी सहित स्थानीयबासीको सक्रिय सहभागिताको रहेको थियो।

सड्ने र नसड्ने फोहर वर्गीकरण गरी व्यवस्थापन गरिएको क्लब अध्यक्ष रामबहादुर रानाभाटले जानकारी दिएका छन्।

Related News

सम्बन्धित समाचार

  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…
  • ‘शक्ति र सत्तामा रहेकाको मात्रै इतिहास लेखिनुपर्छ भन्ने छैन’

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने…

hero news full width