सहायक क्याम्पस प्रमुख कार्कीलाई मातृशोक

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७४
late bir’s mother

पोखरा, १३ फागुन। पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख वीरबहादुर कार्कीलाई मातृशोक परेको छ।

उनकी ममतामयी आमा इन्द्रकुमारी कार्कीको ७९ वर्षको उमेरमा आफ्नै निवास पोखरा लेखनाथ-१४ चाउथेमा शनिवार दिउँसो निधन भयो ।

स्व. कार्कीको शनिवार नै रामघाटमा दाहसंस्कार भएको छ।

स्व. कार्कीका तीन छोरा र चार छोरी, १८ नातिनातिना तथा चार पनातिपनातिनी रहेका छन्।

जेठा छोरा वीरबहादुर कार्की विभिन्न शैक्षिक तथा सामाजिक संस्थामा आवद्ध छन्। माइला छोरा नवराज कार्की चाउथे बहुउद्देश्यीय भवन समितिका सदस्य तथा कान्छा छोरा अमृत कार्की जनएकता युवा क्लब चाउथेका अध्यक्ष, राप्रपा पोखरा लेखनाथ-१४ का अध्यक्ष एवम् पूर्व वडाध्यक्ष हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width