काठमाडौं, १२ फागुन । प्रदेश ६ को प्रदेशसभा बैठकले स्थायी राजधानी र प्रदेशको नाम तोकेको छ । बैठकले प्रदेशको नाम कर्णाली राखेको छ भने स्थायी राजधानी सुर्खेत तोकेको छ ।
प्रदेशको नाम र राजधानी दुर्इ तिहाई बहुमतले पारित गरेको एमाले कर्णाली प्रदेशका मुख्य सचेतक गुलाबजङ्ग शाहले बताए ।
सरकारले प्रदेश ६ को अस्थायी राजधानी पनि सुर्खेत तोकेको थियो । सात प्रदेशमध्ये सबैभन्दा ‘कान्छो’ यो प्रदेश राजधानी र नाममा निर्णय गर्ने पहिलो प्रदेश बनेको छ ।
संविधानले प्रदेशसभाको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई नै दिएको छ । बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेशको नाम कर्णाली राख्न प्रस्ताव गरे भने विपक्षी दल दलका नेता जीवनबहादुर शाहीले राजधानी सुर्खेत सुर्खेतको वीरेन्द्रनगर बनाउने प्रस्ताव राखे ।
प्रदेशसभा दलहरुको सहमतिका आधारमा कँडेल र शाहीले प्रस्ताव राखेका हुन् । प्रदेशसभाको बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव दुर्इ तिहाई बढी बहुमतले पास गरेको छ ।
४० सदस्यीय प्रदेशसभामा ३९ सांसद छन् । १ सांसदले रानीनामा दिएका छन् भने १ सभामुखले मत दिएनन् । प्रदेशको नाम कर्णाली राख्ने राख्ने प्रस्तावको पक्षमा ३७ जनाले मत दिएका छन् ।
बैठकले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर राख्ने प्रस्ताव पनि दुर्इ तिहाईले पारित गरेको छ । प्रस्तावको पक्षमा ३६ मत परेको छ भने विपक्षमा १ मतमात्र खसेको छ ।
Related News
सम्बन्धित समाचार
सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू
प्रदेश सरकार उलटपुलट
दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता
युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१