सिर्जना माविको रजत जयन्ती

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७४

पोखरा, १२ फागुन। सिर्जना आवासीय माध्यमिक विद्यालयको रजत जयन्ती शनिबार उद्घाटन गरिएको छ।

प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले रजत जयन्ती समारोह उद्घाटन गर्दै निजी विद्यालयप्रतिको आकर्षण सामुदायिकको लागि चुनौती बनेको औल्याए।

उनले शिक्षा क्षेत्रमा निजी क्षेत्रको रिजल्ट राम्रो हुनु सरकारसामु चुनौती खडा भएको उल्लेख गरे। उनले सामुदायिक र निजी विद्यालयबीचको विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले बैंक तथा सहकारी जस्तै विद्यार्थी अभावमा सामुदायिक विद्यालय मर्ज भइरहेको उल्लेख गरे।

त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानका पूर्व डीन प्राडा भरतराज पहारीले विद्यालय तह शिक्षाले सफल नागरिक बन्न न्यूनतम ज्ञान र आचरण सिकाउने बताए।

समारोहमा विद्यालयको संस्थागत विकासमा योगदान पुर्‍याएकोमा हरिप्रसाद बराल, राजेन्द्रप्रसाद तिवारी र हर्कबहादुर गुरुङलाई सम्मान गरिएको थियो । प्रतिनिधिसभा सदस्य अधिकारीले उनीहरुलाई सम्मानपत्र हस्तान्तरण गरे ।

यस्तै, शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्याव्सनका उपाध्यक्ष पुष्पराज बराल, केन्द्रीय सदस्य कृष्णबहादुर केसी, प्रदेश ४ का अध्यक्ष माधवशरण उपाध्यायले तीन तहको सरकारले वुद्धिमत्तापूर्वक काम नगरे शिक्षा क्षेत्रमा अझै बढी समस्या थपिने दावी गरे।

प्रिन्सिपल डोलराज पाण्डे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष परशुराम बराल, शिक्षक तिलक काफ्ले, विष्णुप्रसाद सुवेदी, स्वयंसेवी शिक्षिका आना हेलेन, विद्यार्थी सुमी जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width