Worldlink ads

सुन्दरबजार महोत्सव आजदेखि

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७४

लमजुङ, १२ फागुन। आठौं सुन्दरबजार महोत्सव आइतबार शुरु हुँदैछ । महोत्सवको प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ ।

लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाइ अध्यक्ष एवं महोत्सव मूलआयोजक समिति संयोजक सोमबहादुर न्यौपानेले फागुन २१ सम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए ।

महोत्सवका आकर्षकमा औद्योगिक एवम् व्यापारिक प्रदर्शनी, स्थानीय फोटो प्रदर्शनी, राष्ट्रिय दोहोरी गीत प्रतियोगिता, माविस्तरको लोक नृत्य तथा विज्ञान प्रदर्शनी प्रतियोगिता, योग शिविर, परम्परागत संस्कृति तथा खाना उत्सव, सांस्कृतिक झाँकी प्रदर्शन, कृषि प्रदर्शनी, जातजातिको संग्रहालयको प्रदर्शन कार्यक्रम, राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति रहने महोत्सव सचिवलाय संयोजक खेम गुरुङले बताए। ‘उद्योग व्यापार, पर्यटन र कृषिको प्रबर्द्धन, स्थानीय कला सीप र संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ आयोजना भएको महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने र ६ करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ ।

महोत्सवमा कृषिसम्बन्धी २०, होटलका १५, व्यावसायिक ८० वटा र आकस्मिक कक्षसहित सेवाका ५ गरी कुल १ सय २० स्टल रहने छन् ।

Related News

सम्बन्धित समाचार

    • हतारमा विद्यालय नखोल्न निर्देशन

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९…
    • जुवाको खालबाट ८ जना पक्राउ

      रासस भाद्र ३०, २०७८
      चितवन । इलाका प्रहरी कार्यालय खैरहनीले नगद रु एक लाख ४४ हजार १७० सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ…
    • बाघको आक्रमणमा एकको मृत्यु

      रासस भाद्र २९, २०७८
      बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँको…
    • मौसम खुले पनि सकिएको छैन मनसुन

      आदर्श समाज सम्वाददाता भाद्र २७, २०७८
      काठमाडौं । मनसुनको अवधि जुनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महिना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । अझ उत्तरी…
    • सभामुखले बोलाए भोलि सर्वदलीय बैठक

      रासस भाद्र २७, २०७८
      काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाउनुभएको छ । सोमबार अपराह्न २ः३० बजे…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads