पोखरा, १२ फागुन। टप्स आवासीय माध्यमिक विद्यालयले शनिबार रजत उत्सव मनाएको छ।
प्रमुख अतिथि शिक्षाविद् जर्ज जोनले अभिभावकले आफ्ना बच्चाको भविष्य सुन्दर बनाउन आवश्यकताअनुसार कहिले साथीजस्तो त कहिले कडा शासक जस्तो भूमिका निर्वाह गर्नुपर्ने बताए। बच्चालाई जन्मेदेखि ५ वर्षसम्म चाहेको कुरा दिने, १५ वर्षसम्म गुलाम जस्तो कडा अनुशासनमा राख्नुपर्ने र २५ वर्षसम्म साथी जस्तो राख्नुपर्ने उनको धारणा छ ।
टप्सले लामो समयदेखि दिएको जीवनोपयोगी शिक्षाबाट आफू निकै प्रभावित भएको बताउँदै उनले सीपमूलक शिक्षा दिनुपर्नेमा जोड दिए। अन्य पेसाका तुलनामा शिक्षण पेसा कमाइका हिसाबले कम भए पनि संसारलाई चाहिने जनशक्ति उत्पादन शिक्षकबाटै हुने भन्दै उनले नआत्तिन सुझाव दिए।
विद्यालयका संस्थापक/प्राचार्य रत्नमान गुरुङले टप्सले विद्यार्थीलाई किताबी किरो बनाउने लक्ष्य नराखेको प्रष्ट पारे । विद्यार्थीलाई जीवनमा आवश्यक पर्ने चौतर्फी सीप प्रदान गर्नेतर्फ टप्सले आफ्नो पाइला अघि बढाएको बताउँदै उनले पढाइ अलावा अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीमा भएको प्रतिभा प्रष्फुटन गराउने प्रयास गरिएको जनाए। उनले प्रविधिमैत्री र परियोजनामूलक शैक्षिक गतिविधि सञ्चालन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयको २५ औं अभिभावक दिवसका अवसरमा विद्यार्थीको विविध सांस्कृतिक प्रस्तुतिसँगै शिक्षक र विद्यार्थीलाई सम्मानसमेत गरिएको छ। कार्यक्रममा १० हजार रुपैयाँसहित दीर्घसेवा सम्मान शिक्षक मीना केसी, जमुना थापा र नीलम श्रेष्ठलाई प्रदान गरियो।
यस्तै, तहगत र कक्षागत रुपमा उत्कृष्ट हुने विद्यार्थीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो।
विद्यालय संस्थापक भक्ति गुरुङले स्वागत र सहायक प्रधानाध्यापक चित्रकुमार गुरुङले सञ्चालन गरेको कार्यक्रममा प्याब्सन प्रदेश ४ का अध्यक्ष माधवशरण उपाध्याय, अभिभावक सङ्गीता श्रेष्ठ, शिक्षक अभिभावक संघ, कास्कीका अध्यक्ष हेमराज बराल, विद्यार्थी जस्मिन गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
सो अवसरमा शिक्षक मणिप्रसाद डुम्रेको निर्देशनमा ‘द भर्चुअल वर्ल्ड’ नामक नाटक पनि मञ्चन गरिएको थियो। यस्तै, कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीले नृत्य, गायन, नाटकसँगै विविध प्रस्तुति राखेका थिए। कार्यक्रममा शिक्षक चेतमाया गुरुङ र दश जोड दुर्इ संयोजक निर्मल सोतीले पनि बोलेका थिए।
रजत वर्ष अवसरमा विद्यालयले यसअघि सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरिसकेको छ भने वर्षभरि विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाएको छ। कक्षा ११ र १२ मा व्यवस्थापन, विज्ञान र होटल व्यवस्थापन संकायको पढाइ सञ्चालन भइरहेको विद्यालयमा हाल ७ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा करिब ४० जना शिक्षक/कर्मचारी कार्यरत छन्।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९