बम बिस्फोट गराउने पक्राउ

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७४

पोखरा, ९ फागुन। नेकपा माओवादी (विप्लव समूह) ले मंगलबार आहृवान गरेको नेपाल बन्द क्रममा पोखरामा बम बिस्फोट कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने तीनै जना नेकपा माओवादी -विप्लव समूह) का कार्यकर्ता हुन्। पक्राउ पर्नेमा पोखरा ३१ बस्ने विप्लव समूहका जनसरकार प्रमुख ५८ वर्षीय जगन भन्ने नन्दप्रसाद तिवारी, अखिल नेपाल क्रान्तिकारी किसान संघ कास्कीका अध्यक्ष ६५ वर्षीय पुष्प कार्की र अखिल नेपाल क्रान्तिकारी निर्माण मजदूर संघका ४० वर्षीय खड्कबहादुर राई छन्।

उनीहरु बिस्फोटक पदार्थ मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बन्दक्रममा पोखराका विभिन्न ४ स्थानमा बम राखिएको थियो। चारमध्ये तीन स्थानको बम नेपाली सेनाको डिस्पोजन टोलीले निष्क्रिय पारे पनि पोखरा १४, विजयपुरमा राखिएको प्रेसर कुकर बम बिस्फोट भएको थियो। बिस्फोट परी रेडियो गण्डकीका स्टेशन म्यानेजर घनश्याम पाण्डे र प्रहरी जवान कुलबहादुर खत्री र्घाईते भएका छन्। उनीहरुको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ। यसैबीच, प्रदेश ४ का उद्योग, वन, पर्यटन, आपूर्र्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले घाइते पत्रकार पाण्डेको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…
  • ‘शक्ति र सत्तामा रहेकाको मात्रै इतिहास लेखिनुपर्छ भन्ने छैन’

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने…

hero news full width