मनोज प्रहरी इन्काउन्टरमा मारिए

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७४

बुटवल, ९ फागुन। हत्या र फिरौती आतंकका मुख्य अभियुक्त मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) श्याम ज्ञवालीका अनुसार देवदहमा प्रहरीमाथि पुनले फायर गरेपछि जवाफी कारबाहीमा पुनसहित उनका सहयोगीलाई गोली लागेको थियो। पुनसँगै रहेका मुख्य सहयोगी सोमबहादुर आले पनि मारिएका छन्।

देवहद नगरपालिका ४ भवानीपुरमा बुधबार बिहान साढे ३ बजे प्रहरी इन्काउन्टरमा गम्भीर घाइते भएका पुन र आलेको बिहान लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रमुख ज्ञवालीले बताए। रुपन्देहीमा पुन आएको भन्ने सूचनाका आधारमा प्रहरी टोलि खटिएको थियो।

प्रहरी इन्काउण्टरमा मारिएका गुण्डा नाईके मनोज पुनलाई ११ राउण्ड गोली लागेको छ। बुधबार बिहान ३:३० बजे देवदह नगरपालीका ४ भवानीपुरमा चेकजाँचमा रहेका प्रहरीमाथि पुनले गोली चलाएपछि जवाफी कारबाही उनी मारिएका थिए। पुनमाथि ११ राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मनोजको छाति, दाहिने खुट्टा, दाहिने हात र पेटमा गरी ११ राउण्ड गोली गालेको हो।

त्यसैगरी, पुनसँगै इन्काउण्टरमा मारिएका अर्का सोम आलेलाई पनि शरीरका विभिन्न स्थानमा गरी ८ राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ।

सिआइबीका एसएसबी घनश्याम अर्यालले पुन र उनका सहयोगी आले प्रहरी इन्काउन्टरमा मारिएको पुष्टि गरेका छन्। प्रहरीले पुनका साथबाट एउटा पेस्तोल समेत बरामद गरेको छ।

पुन देवदह निवासी हुन् भने आले भैरहवा निवासी हुन्। गुण्डा नाइके पुनले युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारी र संघका नेता तथा युवा व्यवसायी बलु पौडेलको हत्यामा आफ्नो संलग्नता रहेको सञ्चारमाध्यमबाट बताउँदै आएका थिए। विभिन्न हत्या तथा आंतकमा पुन मुख्य फरार अभियुक्त हुन्। भारतको गोवाबाट ल्याएर हत्या गरिएको भन्ने विषयमा भने प्रहरीले खण्डन गरेको छ। प्रहरी प्रमुख ज्ञवालीले त्यो निराधार भएको जिकिर गर्दै दोहोरो फायरिङपछि नै इन्काउण्टर भएको बताएका छन्।  मृतक पुन र आले दुवैको परिवारलाई शव बुझ्न आग्रह गरे पनि बुधबार साँझसम्म कोही पनि सर्म्पर्कमा नआएको प्रहरी जनाएको छ। शव लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width