क्रिकेटर केसीको सम्मान

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७४
Karan K.C.

पोखरा, ९ फागुन। अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी करन केसीलाई पोखरामा बुधबार सम्मान गरिएको छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा प्रदेश ४ का उद्योग, कृषि, वन, आपूर्र्ति तथा वातावरणमन्त्री रामशरण बस्नेतले क्रिकेटर केसीलाई दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरे ।

नामिवियामा भएको डिभिजन-२ नेपालले उपविजेता बन्दै विश्वकप छनोटमा स्थान बनाएको थियो। लिग चरणमा नेपालले ५ मध्ये ४ खेल जितेको थियो। प्रतियोगितामा धेरै नेपाली खेलाडीको प्रदर्शन शानदार रह्यो। क्यानडासं’गको खेलमा केसीले चमत्कारिक खेल प्रदर्शन गरेपछि नेपालको जित सम्भव भएको थियो। नेपालका स्ट्राइक बलर बाग्ालुङका केसीले आफ्नो ब्याटबाट नेपाललाई फाइनलमा पु‍र्‍याउन सफल भएका थिए।

कार्यक्रममा मन्त्री बस्नेतले खेल विकासका लागि प्रदेश ४ तयार रहेको उल्लेख गरे। उनले खेलाडीलाई खेलप्रति प्रोत्साहन गर्न केसीलाई प्रदेशको तर्फबाट १ लाख रुपैयाँ बजेट विनियोजन गरिने घोषणा गरे। उनले भने, ‘नामिवियामा नेपाली क्रिकेट टिमले गरेको उच्च प्रदर्शनले नेपालीको शीर उचो बनाएको छ।’

कार्यक्रममा क्रिकेटर केसीले भने, ‘हामी सदा तपाईहरुको साथमा छौं। नेपाली क्रिकेट टिमले खेलमा हारे पनि वा जिते पनि क्रिकेटलाई सधैँं माया गर्नुस्।’

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेलाडीले खेलेर बाँच्न सक्ने आधारशीला तयार हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रदेश सदस्य दीपक कोइराला, कृष्ण थापा, राजीव पहारी रर्र् इन्द्रधारा विष्ट समेत उपस्थित थिए  । यसैबीच, मन्त्री बस्नेत लगायत प्रदेशसभा सदस्यले पोखरा रंगशालाको पूर्वाधार निरीक्षणसमेत गरे। कार्यक्रममा प्रदेश ४ स्तरीय मदन भण्डारी स्पोर्ट्स एकेडेमीले क्रिकेटर केसीलाई नगद १५ हजार रुपैयाँ प्रदान गर्‍यो। एकेडेमीका प्रदेश ४ इञ्चार्ज राजेश गुरुङले क्रिकेटर केसीलाई उक्त रकम प्रदान गरेका हुन्।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width