दोषीलाई कारवाही गर्न इन्सेकको माग

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७४

पोखरा, ८ फागुन। पोखरा-लेखनाथ महानगरपालिका-१४, विजयपुरखोला पुलमा फेला परेको बमबारे समाचार सङ्कलनका लागि त्यहाँ पुगेका गण्डकी टेलिभिजनका घनश्याम पाण्डे र अस्थायी प्रहरी चौकी चाउथेमा कार्यरत प्रहरी जवान कुलबहादुर खत्री बम विष्फोटमा परी घाइते भएको घटनाप्रति कास्कीमा रहेका अधिकारकर्मीर्हरूले ध्यानाकर्षण भएको जनाएका छन्।

अधिकारकर्मीहरूले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधान तथा कानूनहरूले स्वतन्त्रतापूर्वक पेशाव्यवसाय सञ्चालनगर्न पाउने, बिना रोकतोक आवतजावतगर्न पाउने अधिकार सुरक्षित गरेको हुँदा दोषीलाई पहिचान गरी घटनामा संलग्नकानुनीदायरामाल्याई र्घाईतेहरूको निशुल्कउपचारको ब्यवस्थामिलाउन सरकारसंग माग गरेका छन् ।

बरिष्ठ मानवअधिकारकर्मी टेकनाथ वराल, शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विष्णुप्रसाद वराल, अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेक पोखरा कार्यालयका संयोजक शिव खकुरेल, मानवअधिकार एलाईन्स कास्कीका अध्यक्ष रामचन्द्र पौडेल, महिला मानवअधिकार रक्षक सञ्जाल कास्की जानकी शर्मा र मानवअधिकार रक्षक संरक्षण तथा प्रबर्द्धन केन्द्र कास्कीका अध्यक्ष सरलाकुमारी पाण्डेद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा बिना अवरोध समाचार सङ्कलन गर्न पाउने सञ्चारकर्मीको अधिकारको सम्मान गर्दै आगामी दिनमा यस्ता गतिविधि नदोहोर्‍याउनसमेत सबै पक्षसंग अनुरोध गरिएको उल्लेख गरिएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकले घटनामा घाइते भएका पत्रकार घनश्याम पाण्डेलाई आर्थिक सहयोग समेत गरेको छ। इन्सेक पोखरा कार्यालयका संयोजक शिव खकुरेलले फागुन ८ गते नै गण्डकी शिक्षण अस्पतालमा उपचाररत् पीडितलाई अस्पतालमै भेटी पाँचहजार रुपैयाँ प्रदान गरी घाइतेको अवस्थाकाबारे जानकारी लिएका थिए।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width