Worldlink ads

पोखरालाई लालीगुराँस फुटवलको उपाधि

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७४

लमजुङ, ८ फागुन । लमजुङको पर्यटकीय गाउ“ भुजुङमा संचालन गरिएको १४औ“ लालीगुराँस कप खुल्ला फुटवल प्रतियोगिताको उपाध भुजुङ युम्पो समाज पोखराले जितेको छ। युम्पो समाज पोखराले लालिगुराँस युवा क्लब निलोलाई टाइब्रेकरमा ५-३ गोलले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। विजेता युम्पो समाज पोखराले उपाधिसहित १ लाख, ५ रुपैयाँ नगद, स्वर्णदकको ट्रफी जितेको छ। उपविजेता आयोजक लालीगुराँस युवा क्लब निलोले ५० हजार, ५ रुपैयाँ र रजतपदकको ट्रफी जितेको छ। निर्धारित समयमा टोलीले समान एक/एक गोलको बराबरीमा खेल सकिएपछि टाइब्रेकरबाट खेलको टुङ्गो लगाइएको आयोजक लालीगुराँस क्लबले जनाएको छ।

प्ा्रतियोगितामा उत्कृष्ट खेलाडीमा आयोजक लालीगुराँसका बद्रि गुरुङ र  सर्वाधिक गोलकर्ताको पुरस्कार भुजुङ युम्पो समाज पोखराका बेलप्रसाद गुरुङले जितेका छन्। सर्वाधिक गोलकर्ता बेलप्रसादले ११ गोल गरेको आयोजक क्लबका सचिव तुल गुरुङले बताए। उनीहरुले  पाँच/पाँच हजार नगदसहित मेडल पाए। यसैगरी, बिम्दा युवा क्लब बिम्दाले अनुशासित टिमको ट्रफी पायो।फुटबल प्रतीयोगिताको पहिलो पुरस्कार १ लाख ५ रुपैया“ क्व्होलासोंथर गाउ“पालिका ४ भुजुङ घर भई हाल हङकङमा रहेका ग्यारी गुरुङले प्रायोजन गरेको हो भने दोस्रो पुरस्कार ५० हजार ५ रुपैया“ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङले प्रायोजन गरेको क्लबले जनाएको छ।

फुटवलको ट्रफी भुजुङ घर भई हाल साउदीमा रहेका सुकबहादुर गुरुङ, मेडल हाल दक्षिण कोरियामा रहेका केशरजंग गुरुङ र अनुशासित क्लवको ट्रफी लालीगुराँस युवा क्लवका निवर्तमान अध्यक्ष तुलबहादुर गुरुङले प्रायोजन गरेका हुन्।

‘ग्रामीण पर्यटन गाउँ भुजुङ जाऔँ, १४ औँ लागि गुराँस कप २०७४ मा रमाऔं, भन्ने नाराका साथ क्व्होलासोथर गाउपालिका-४ को भुजुङस्थित स्थानीय लालीगुराँस युवा क्लबले आफ्नो वाषिर्कोत्सवमा प्रतियोतिगा गरेको हो। प्रतियोगितामा १५ वटा फुटबल टिमको भाग सहभागिता थियो।

Related News

सम्बन्धित समाचार

    • चेन्नई सुपर किंग्सलाई चौथो पटक आइपिएल  उपाधि

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      पोखरा । इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि चेन्नई सुपरकिंग्सले जितेको छ। यूएईमा सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले…
    • मर्दी हिमाल फुटसललाई उपाधि

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      लेखनाथ । लेखनाथ जेसीजले दसैं अवसरमा आयोजना गरेको जेसीज फुटसल कप–२०७८ उपाधि मर्दी हिमाल फुटसल क्लबले हात पारेको छ ।…
    • राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधि क्यासललाई

      आदर्श समाज सम्वाददाता असाेज २२, २०७८
      पोखरा, २२ असोज । राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधि स्पोट्र्स क्यासलले जितेको छ । पोखरा रंगशाला बहुउद्देश्यीय कभर्डहलमा भएको…
    • तेक्वान्दो संघको शुभकामना तथा सम्मान

      आदर्श समाज सम्वाददाता असाेज २२, २०७८
      पोखरा । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेश र कास्की जिल्ला समितिले दसैंतिहार, नेपाल संवत्, छठ लगायत पर्वको अवसरमा बिहीबार शुभकामना…
    • दौडमा सेनाको वर्चश्व

      आदर्श समाज सम्वाददाता असाेज २२, २०७८
      पोखरा । विभागीय नेपाली सेनाले १० किलोमिटर खुला महिलापुरुष दौड प्रतियोगितामा वर्चश्व जमाएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads