Worldlink ads

धारापानी माविको हिरक महोत्सव तयारी

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७४

हेमजा, ८ फागुन।कास्कीको अन्नपूर्ण गाउँपालिका-३,पाउँदुरस्थित धारापानी माध्यमिक विद्यालयले आगामि वर्ष हिरक महोत्सव मनाउने भएको छ। विद्यालयले त्यस विषयमा छलफल गर्न शनिवार सरोकारवालाहरुको भेला गरेको थियो। उक्त भेलाले आगामी वर्षभरि नै विभिन्न कार्यक्रम गरी महोत्सव मनाउने निर्ण गरेको छ। भेलाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज पौडेलको अध्यक्षतामा महोत्सव मूल आयोजक समिति पनि गठन गरेको छ।

सोही भेलाले पूर्व जिविस सभापति पुण्यप्रसाद पौडेलको अध्यक्षतामा पुर्व विद्यार्थी मञ्चसमेत गठन गरेको छ। जसको उपाध्यक्षमा महेश्वर पौडेल, सचिवमा रामचन्द्र पौडेल, कोषाध्यक्षमा विश्वबन्धु पौडेल, सहसचिवमा गायत्री सुवेदी पौडेल  छन्। त्यसैगरी, उक्त भेलाले मञ्चको सदस्यहरुमा घनश्याम पौडेल, हरिकुमार श्रेष्ठ, मुक्तिराम पौडेल, मोतिलाल पौडेल, हरिप्रसाद शर्मा, टंकप्रसाद पौडेल, कृष्णबहादुर केसी, श्रीभद्र पौडेल, लक्ष्मी गुरुङ, विष्णु नेपाली, विष्णु परियार, देव गिरी, लोकनाथ पौडेल, चतुरमान विक, छविराज पौडेल र बैकुण्ठ सुवेदी छनोट गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्रबहादुर कुँवरले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश तथा कार्यक्रमको संचालन शिक्षक सन्देश पौडेलले गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…
    • किन देखिन्छन् समाजमा यौन विकृति ?

      रामप्रसाद सुवेदी कार्तिक ६, २०७८
      अहिले नेपाली समाजमा घटेका अनेक घटनाले सामाजिक सञ्जाल भरिएको पाइन्छ । त्यसको मात्रा हेर्ने हो भने धेरै यौनजन्य क्रियाकलामा जोडिएका…
    • आत्महत्याविरुद्ध पत्रकारलाई अभिमुखीकरण

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      लमजुङ । लमजुङमा कार्यरत पत्रकारका लागि आत्महत्याविरुद्ध अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा कोशिस नेपालको सहयोगमा आयोजित अभिमुखीकरण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग