पोखरा, ५ फागुन । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको आमन्त्रण अन्तरसंस्था सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि दीप युनाइटेडले जितेको छ ।
लामाचौर खेल मैदानमा शनिबार फाइनलमा एनएमए डर्क्र्टस टिमलाई ३-० गोलअन्तरले पराजित गर्दै दीप युनाइटेडले उपाधिसहित २५ हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता एनएमएलाई १५ हजार रुपैयाँ दिइयो ।
प्रतियोगितामा एनएमएका डा मदन थापा उत्कृष्ट खेलाडी घोषित हुँदा फेयर प्ले अवार्ड लेकसाइड भेट्रान्स क्लब र हाइस्कोरर उपाधि दीप युनाइटेडका प्रकाश गुरुङले पाए ।
विजयीलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले लामाचौर खेल मैदान पोखरा रंगशालाको वैकल्पिक हुन सक्ने बताए । उनले लामाचौर खेल मैदानमा तत्काल आवश्यक सार्वजनिक शौचालय र खेलाडी चेञ्जिङ रुमको लागत स्टमेट गरी समितिमा पेस गरेमा त्यसको लागि आवश्यक रकम विनियोजनमा पहल गर्ने आश्वासन दिए ।
समापनमा संस्थाका अध्यक्ष बमबहादुर गुरुङ, पूर्वअध्यक्ष मिलन केसी, सञ्जयकुमार अधिकारी, बुद्धिबहादुर खत्री क्षेत्री, प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठ, वडा सदस्य कृष्ण गौतम, सहसचिव दिनेश भण्डारीले पुरस्कार वितरण गरे ।
शुक्रबार खेल उद्घाटन पत्रकार महासंघ कास्की उपाध्यक्ष एवं न्यूनतम पारिश्रमिक निर्धारण आयोग सदस्य बिमल भण्डारीले गरेकी थिइन् । २ दिनसम्म चलेको प्रतियोगितामा १३ टिम सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो प्रदेश सरकार
शुभकामना गोल्डकप विजेतालाई ६ लाख
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९