युआरएल शिविरमा ३ सय जनाको रगत जाँच

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७४
url

पोखरा, ५ फागुन । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि -युआरएल) र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनको संयुक्त आयोजनामा शनिबार शुक्लागण्डकीमा ३ सय ५ जनाको निःशुल्क रगत जाँच गरिएको छ ।

शिविरमा मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षण गरिएको हो । अन्य सबै प्रकारका रक्त परीक्षणमा समेत ५० प्रतिशत छुट दिइएको थियो । कार्यक्रममा मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा. तीथलाल उपाध्यायले खानपान, जीवनशैली, सचेतना र उचित उपचारको प्रबन्ध हुँदा मात्रै मानिस स्वस्थ हुन सक्ने औंल्याए । उनले भने-‘जसरी जीवनशैली र खानपान परिवर्तन भएको छ, नयाँ चुनौती थपिएका छन् ।’

उनले तनहुँको शुक्लागण्डकी क्षेत्रमा थाइराइड र मधुमेहका बिरामी अन्यत्र भन्दा बढी पाएको सुनाए । उनले विभिन्न सामाजिक संघ, संस्थालाई यी रोगबारे सचेतना, निःशुल्क जाँच र नयाँ कार्यक्रम सञ्चालन गर्नसमेत सुझाव दिए ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले विभिन्न संघ, संस्थासँगको सहकार्यमा युआरएलले प्रदेश ४ का विभिन्न जिल्लामा निशुल्क शिविर आयोजना गर्दै आएको उल्लेख गरे । अति संवेदनशील रक्त परीक्षण, अन्तर्राष्ट्रियस्तरको प्रविधि र रियजेन्ट प्रयोग गरी प्रयोगशाला क्षेत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउने दिशातर्फ आफूहरु लागिरहेको बताए । उनले चाँडै नै शुक्लागण्डकीमा निःशुल्क थाइराइडसम्बन्धी रक्त परीक्षण शिविरसमेत गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा क्लबका चार्टर प्रिसिडेन्ट दुर्गाकुमार श्रेष्ठ र तनहुँ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष हरिबहादुर थापाले बोलेका थिए । लायन्स क्लब अफ तनहुँ शुक्ला गण्डकी टाउनका अध्यक्ष दीर्घबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष प्रदीप थापा, आस्थापाठ द्वितीय उपाध्यक्ष लालबहादुर श्रेष्ठ र सञ्चालन सचिव कमल गैरेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…
  • ‘शक्ति र सत्तामा रहेकाको मात्रै इतिहास लेखिनुपर्छ भन्ने छैन’

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने…

hero news full width