भेट्रान बास्केटबल उपाधि ठमेल युनाइटेडलाई

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७४
Baskettball Final Photo

पोखरा, ५ फागुन । टिभिएस आरटिआर दोश्रो राष्ट्रिय भेट्रान बास्केटबलको उपाधि ठमेल युनाइटेडले हात पारेको छ ।

फाइनलमा ठमेल युनाइटेडले पश्चिमाञ्चल भूपू सैनिक खेलकुद संघलाई ६७-५० को स्कोरमा पराजित गर्दै उपाधिसँगै ५५ हजार ५ सय ५५ रुपैयाँ समेत प्राप्त गरेको हो । उसको यो दोस्रो पटक उपाधिमाथि कब्जा जमाएको छ ।

उपविजेता पश्चिमाञ्चल भूपू सैनिक खेलकुद संघले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्‍यो । सर्वाधिक स्कोर गर्ने खेलाडी पश्चिमाञ्चल भूपू सैनिक खेलकुद संघका सनबहादुर बुदुजा पुन घोषित भए ।

कास्की जिल्ला बास्केटबल संघको आयोजना भएको उक्त प्रतियोगितामा जितका लागि प्रतियोगितामा सवोर्त्कृष्ट खेलाडी घोषित कर्मा गुरुङ एक्लैले ३० स्कोर गरेका थिए ।

विजेतालाई बतास ब्रदर्श प्रालिका निर्देशक विपेन्द्रराज बतास, प्रतियोगिताका संयोजक नाराणयप्रसाद शर्मा, समाजसेवी कर्नल जेपी क्रस, हिसान कास्कीका अध्यक्ष रामजीप्रसाद शर्मा, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरुङ, नेपाल भलिबल संघका सचिव डिबी नेपाली, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष केशव पाठक, बास्केटबल संघ कास्कीका सचिव ध्वजकुमार गुरुङ लगायतले खेलाडीलाई नगद, ट्रफी, पदक र प्रमाणपत्र वितरण गरेका थिए ।

कास्की जिल्ला बास्केटबल संघका नेत्रबहादुर सेनको अध्यक्षतामा भएको प्रतियोगितामा पश्चिमाञ्चल भूपू सैनिक खेलकुद संघका ५८ वर्षीय दलबहादुर पुनलाई सम्मान गरिएको थियो । ३ दिनसम्म चलेको प्रतियोगितामा ८ टिमको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width