ओली दोस्रोपटक प्रधानमन्त्री

तीन सदस्यीय मन्त्रिपरिषद् गठन

आदर्श समाज सम्वाददाता
फागुन ४, २०७४

gjlgo’Qm k|wfgdGqL cf]nL kbjxfnL ug'{x’Fb}
gjlgo’Qm k|wfgdGqL s]kL zdf{ cf]nL k|wfgdGqL sfof{no l;+xb/af/df laxLaf/ kbjxfnL ug'{x’Fb} . tl:a/M k|bLk/fh jGt, /f;;

काठमाडौं ३ फागुन । निर्वाचन सम्पन्न भएको झण्डै साँढे दुर्इ महिनापछि बाम गठबन्धनका तर्फबाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम विहीबार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादी केन्द्रले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए।

विहीबार नै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएपछि ओली नेपालका ४१ औं प्रधानमन्त्रीका रुपमा नियुक्त भएका हुन्। वाम नेताहरु बालुवाटार पुग्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएकै थिएनन्।

हतारहतार अन्तिम मन्त्रिपरिषद् बैठक राखेका देउवाले बालुवाटारबाटै देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिए। लगतै सितलनिबास पुगेर उनले राजीनामा बुझाएका थिए। लगतै ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरे। बहुमत दाबी गर्दै विहान ९ बजेतिरै शीतल निवास पुगेका वाम नेताहरु ओलीले नियुक्ति बुझेपछि मात्र बाहिरिएका थिए।

नवनिर्वाचित प्रधानमन्त्री ओलीले बिहीबार नै पद तथा गोपनियताको सपथ लिए। शीतल निवासमा आयोजित समारोहमा ओलीले राष्ट्रपति भण्डारीसमक्ष सपथ लिएका हुन्। सपथग्रहण समारोहमै निर्वमान प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीलाई सत्ता हस्तान्तरण गरे।

यसैबीच, प्रधानमन्त्री ओलीले विहीबार नै आफ्नै पार्टीका दुर्इ नेतालाई समावेश गरी तीन सदस्यीय मन्त्रीपरिष् गठन गरेका छन्। पहिलो चरणमा मन्त्रीमा नियुक्ति हुनेमा लालबाबु पण्डित र थपमाया थापा रहेका छन्।

सपथपछि लैनचौरस्थित सहिद स्मारकमा पुगेर माल्यापणगरेका नवनिर्वाचित प्रधानमन्त्री ओलीले सिंहदरबार पुगेर पदभार सम्हालेका हुन्। संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ। २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन्। बहुमतका लागि १३८ सांसद भए पुग्छ।

बुधबार मात्रै निर्वाचन आयोगले प्रतिनिधिसभाको नतिजा राष्ट्रपतिलाई बुझाएको थियो। आयोगले नतिजा बुझाएलगत्तै बामगठबन्धनले नयाँ सरकार गठनको तयारी गरेको थियो। प्रधानमन्त्री ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। ओलीको सिफारिसमा लालबाबु पण्डित जनसंख्या तथा वातवरणमन्त्री र थममाया थापा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनेका छन्। पहिलो चरणको मन्त्रीपरिषदमा माओवादी केन्द्रले भने मन्त्री पठाएन। मन्त्रालय भागवण्डा नटुङ्गिएकाले मन्त्री नपठाइएको माओवादीले जनाएको छ। मन्त्रालय भागवण्डाबारे दुर्इ दलबीच सहमति भएको छैन।

नवनियुक्त प्रधानमन्त्री ओलीले बिहीबार बेलुका नै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरे। दुबोको माला लगाएर गएका प्रधानमन्त्रीलाई मुख्य सचिव लोकदर्शन रेग्मीलगायतले स्वागत गरेका थिए। सिंहदरबारमा मन्त्रिपरिषद्को पहिलो बैठकपछि ओलीले पाँचबुँदे निणमा हस्ताक्षर पनि गरे।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्इ वर्षभित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिवद्धता जनाएका छन्। बिहीबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गरेलगत्तै उनले संचारकर्मीसंग कुरा गर्दै सीर्टीइभीटीबाट मान्यताप्राप्त प्राविधिक शिक्षालय सबै गाउँपालिका र नगरपालिकामा स्थापना गर्ने घोषणा गरेका हुन्। प्रधानमन्त्री ओलीले संघीय संसदको भवन पनि दुर्इ वर्षभित्रै निर्माण गर्ने योजना पनि अघि सारे। संसदका सम्पूर्ण गतिविधि संचालन हुने गरी २ वर्षभित्र भवन निर्माण गर्न शुक्रबारबाटै काम सुरु गर्ने उनको योजना छ। प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्यमान्यता बमोजिम जनताको इच्छा, आकांक्षा र आवश्यक्ता पूरा हुने गरी आफूले शासन संचालन गर्न प्रतिवद्धतासमेत व्यक्त गरे।

प्रधानमन्त्री ओलीले पदभार ग्रहण गरेलगत्तै समृद्ध नेपाल र सुखी नेपाली बनाउन सबै तहको सरकारलाई जनमुखि, प्रभावकारी र सवल रुपमा संचालन गर्नेलगायतका पाँचवटा निणमा हस्ताक्षरसमेत गरेका छन्। जसमा आर्थिक समृद्धिका लागि कृषिको व्यवसायीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीको आपूर्र्ति व्यवस्थामा जोड दिने उल्लेख गरिएको छ।

प्रधानमन्त्री ओलीले बाहृय लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न आफूले प्राथमिकता दिने पनि बताए। उनले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति लिने पनि स्पष्ट पारे।

ओलीले २०७२ सालमा पहिलोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा पनि दुर्इ वर्षभित्र देशभरका तुइन हटाउने निण गरेका थिए। आफू नौ महिनामा नै सरकारबाट बाहिरिनु परेकोले पूरा हुन नसकेको सो योजना पूरा गर्ने प्रतिबद्धता प्रकट गरेका हुन्।

त्यसअघि, विहीबार नै नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली चयन भएका थिए।

पार्टीमुख्यालय धुम्बाराहीमा बसेको एमाले संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मत् संसदीय दलको नेतामा चयन गरेको हो। दलको नेतामा चयन भएपछि संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले मुलुक निर्माणको महासंकल्पमा केन्द्रीत हुन आफ्ना सांसदहरुलाई आग्रह गरे।

उनले जनताले मन पराउने काममात्र गर्न तथा मर्यादित पोषाक र सामाजिक मर्यादालाई विशेष ख्याल गर्न निर्देशनसमेत दिए।

बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आगामी दिन पार्टीनेतृत्वको सरकार र स्वयं पार्टीकाथि ठूलो चुनौती रहेकाले सचेत रहनुपर्ने बताए। नेता नेपालको प्रस्तावमा ओली दलको नेतामा सर्वसम्मत् चयन भएका हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width