Worldlink ads

आजदेखि क्यान इन्फोटक

आदर्श समाज सम्वाददाता
फागुन ४, २०७४

पोखरा, ३ फागुन। कम्प्युटर एशोसियशन नेपाल (क्यान) कास्कीको आयोजनामा पोखरामा शुक्रबारदेखि नवौ संस्करणको क्यान इन्फोटक – २०१८ शुरु हुदैछ।

पोखरा नयाँबजारस्थित प्रदर्शनीकेन्द्रमा हुने इन्फोटक फागुन ८ गतेसम्म चल्नेछ। पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी इन्फोटकको तयारी पूरा भएको क्यान कास्कीका सचिव विकास भुतेलले जानकारी दिए। कम्यूटर तथा सूचना प्रविधि सम्वन्धि अत्याधुनिक एवं नविनतम प्रविधिबारे जानकारी दिदै ग्रामीण क्षेत्रसम्म सूचना प्रविधिको पहुँच पुर्‍याउँने उद्देश्यले इन्फोटेक गर्न लागिएको हो।

इन्फोटेकमा सूचना प्रविधिसँग सम्वन्धित एक सय २० वटा स्टल रहने छन्। एक लाख दर्शकले मेला अवलोकन गर्ने आयोजकको अपेक्षा छ। इन्फोटेकबाट बचत भएको रकम सूचना प्रविधिको विकाससँग सामाजिक उत्तरदायित्व वहन गर्नका लागि खर्च गरिने छ।

मेलामा सूचना प्रविधि प्रदर्शनीसँगै प्रदेश नम्बर ४ स्तरीय टाइपिङ प्रतियोगिता, आइटी क्विज कन्टेष्ट, कम्युटर तथा ल्यापटपको निःशुल्क मर्मत गरिनेछ। विभिन्न सामाग्रीमा १० देखि ७० प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ। इन्फोटेकको मुख्य प्रायोजन गर्ने हाइटेक इन्जिनियरिङ प्रा.लिका अरुण वंशालले डिजिकमका सवै उत्पादनमा २० प्रतिशत छुट दिने जानकारी दिएका छन्।

सांसद रवीन्द्र अधिकारीले शुक्रबार इन्फोटेकको उद्घाटन गर्ने छन्। इन्फोटेकमा शुक्रबार कलाकारहरु दिपकराज मिश्र र दिपाश्री निरौला पनि सहभागी हुने बताइएको छ। क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा द्वितिय उपाध्यक्ष विश्वास भण्डारीले स्वागत र सहसचिव शेवक क्षितिजले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      रामपुर । रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले…
    • मनकामना केबुलकार सञ्चालनमा   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      मुग्लिन । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द…
    • लामो झोलुङ्गे पुलले फेरिएको अदुवाबारी   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      गलकोट । अन्नबाली हुने स्थानमा बाँदरको बिगबिगीले बाँझो बनेको अदुवाबारी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्षअगाडिसम्म पर्वतको कुश्मा…
    • तनहुँ जलविद्युत् आयोजनाको काममा तिव्रता   

      आदर्श समाज सम्वाददाता असाेज २९, २०७८
      दमौली ।  एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ । आयोजनाको तीन वटै…
    • ‘सामूहिक लगानीमा व्यवसाय गर्नुस्’

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । दसैं र तिहारको उपलक्ष्यमा पोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा चेम्बरअन्तर्गत…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads