लेखनाथ, ३ फागुन । पोखरा लेखनथा महानगरपालिका वडा-२६, कालिकाचोकस्थित सिलिङ्गे कृषि उत्पादक सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा राखिएको खुल्ला रक्तदानमा ३६ युनिट रगत संकलन भएको छ।
स्थापना दिवसका त्रिदिवसीय कार्यक्रम अन्तरगत दोस्रो दिन राखिएको खुल्ला रक्तदानमा पहिलो रक्तदाता बसुधा भटराईलाई ब्लडब्याग हस्तान्तरण गर्दै जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारीले सहकारीले आय आर्जनको साथमा सामाजिक क्षेत्रमासमेत काम गर्दै शेयर सदस्यहरुको मन जित्न सक्नुपर्नेमा जोड दिए।
संस्थाका अध्यक्ष शैलेन्द्रमोहन भटराईको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नारायणप्रसाद वराल, रक्तसंचार केन्द्र पोखराका प्रमुख धर्वमणि लामिछाने, नेपाल रेडक्रस सोसाइटी राखी उपशाखाका सभापति चन्द्रवहादुर रानाभाट, सेभेनलेक्स कृषि सहकारी संस्थाका अध्यक्ष रामचन्द्र तिमिल्सेना, सहकारीका संस्थापक अध्यक्ष देवेन्द्र रानाभाट, शुभकामना सहाकारीका अध्यक्ष प्रेमशंकर बरुवाल र शेयर सदस्य सावित्री थापा लगायतले रक्तदानको महत्ववारे बोलेका थिए।
संस्थाका सचिव र्सूयप्रसाद बञ्जराले सञ्चालन गरेको सो कार्यक्रमा स्वागत उपाध्यक्ष श्यामा सिग्देलले गरेकी थिइन। संस्थापनाको त्रिदिवसीय कार्यक्रममा अन्तरगत पहिलो दिन सरसफाई, दोस्रो दिन रक्तदान र तेस्रो दिन शेयर सदस्यहरुको अध्ययन अवलोकन भ्रमण राखिएको संस्थाका ब्यवस्थापक विकास रानाभाटले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९