पोले २७ मा कृषि सञ्जाल गठन

आदर्श समाज सम्वाददाता
फागुन ४, २०७४

लेखनाथ, ३ फागुन। पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ का बिभिन्न कृषि पेशामा आवद्ध कृषकहरुलाई संगठित गर्दै १५ सदस्यीय कृषि संञ्जाल गठन गरिएको छ।

ब्यवसायिक कृषिलाई प्रबर्द्धन गर्ने उद्देश्यले महानगरको कृषि शाखा अन्तरगत बागवानी  विकास अधिकृत पूर्णबहादुर वानियाँको उपस्थितिमा अर्जुनबाबु आचार्यको संयोजकत्वमा कृषि सञ्जाल गठन गरिएको हो।

नवगठित सञ्जालको सह-संयोजकमा इन्दिरा लामिछाने, सचिवमा नारायणप्रसाद राईभाट, सह-सचिवमा मनहरी अधिकारी, कोषाध्यक्षमा शिवमायाँ सेरपुर्जा र सदस्यहरुमा लक्षबहादुर खत्री, बज्रमोहन देवकोटा, बृन्दा केसी, रमा कुमाल, बावुराम पौडेल, र्सुयमणि पौडेल, कृतिराम पाण्डे, विष्णुप्रसाद घिमिरे, गोमा तिमिल्सेना र राधिका कमर रहेका छन्।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ का अध्यक्ष पूर्णकुमार गुरुङ, कृषि प्राविधिक सर्मिला मिश्र, प्राविधिक सुरज सिलवाल, वडासचिव लिलामणि भण्डारी र टोलविकास समन्वय समितिका अध्यक्ष छबिलाल लामिछाने लगायतले आ-आफ्नो धारणा राखेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width