लागु औषध नियन्त्रणसम्बन्धी सचेतना र्‍यालीको तयारी

आदर्श समाज सम्वाददाता
फागुन ४, २०७४

पोखरा, ३ फागुन। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा-१ वगर, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वगरको संयुक्त आयोजनामा वृहत सचेतना र्‍याली निकालिने भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीद्धारा अभियानको रुपमा शुरु गरिएको लागुऔषध नियन्त्रण महाअभियान-२०७४ अन्तरगत फागुन ५ गते शनिवार बिहान साँढे दशबजे लागु औषध नियन्त्रण सम्वन्धि वृहत सचेतना र्‍याली निकालिन लागिएको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा-१ वगरकी अध्यक्ष जीवन अधिकारीले जानकारी दिइन्।

र्‍याली पोखरा लेखनाथ महानगर पालिका वडा नं. १ वगरको टुडिखेलबाट शुरु भई विन्ध्यवासिनी, मोहोरियाटोल, भिमसेनटोल, नालाकोमुख, गैह्रापाटन, नदिपुर, क्याम्पसगेट, भिमकालीपाटन हुँदै पुनः टुडिखेलमा आएर सभामा परिणत हुनेछ। र्‍यालीलाई सफल बनाउनका लागि विद्यालयका शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्था, आमासमूह, क्लब, टोलविकास संस्था, लागु औषध नियन्त्रण महाअभियान वडास्तरिय समितिबाट लागु औषध सम्वन्धि प्लेकार्डसहित उपस्थित हुन अधिकारीले आग्रह गरिन्।

‘समाजमा जनचेतना जागाउनका लागि पनि र्‍यालीको आयोजना गरिएको हो’-अधिकारीले भनिन् – ‘र्‍यालीमा सहभागि भइ कार्यक्रम सफल बनाउनका लागि यहाँहरुसँग अनुरोध गर्दछु।’ लागु औषध विरुद्व जनमत निर्माणका लागि र्‍याली गर्न लागिएको कार्यक्रम संयोजक तथा केन्द्रका सहसचिव बसन्त बास्तोलाले जानकारी दिए।

सामुदायिक सेवा केन्द्र एव्म सामुदायिक प्रहरी सेवा पोखरा-१ वगरले समाजमा रहेका विकृति विसंगती न्यूनिकरणका लागि मिति २०५९ सालमा स्थापना भइ विभिन्न सचेतनामूलक तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको छ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width