चट्याङले २२ सैनिक घाइते

पाँचको काठमाडौँमा उपचार

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७४

बैतडी, २ फागुन । चट्याङ लागेर गम्भीर घाइते भएका पाँच सैनिकलाई थप उपचारका लागि आज हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ।

जिल्लामा उपचार हुन नसकेपछि शत्रुमर्दन गुल्ममा कार्यरत हुद्दा अमरसिंह आलेमगर, अमलदार बलराम थापामगर, सिपाही दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

उनीहरुको काठमाडौँस्थित नेपाली सेनाको वीरेन्द्र छाउनी अस्पतालमा उपचार भइरहेको बताइएको छ। मंगलबार साँझ वर्षासँगै एक्कासी परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालिम गरिरहेका २२ सैनिक घाइते भएका थिए। घाइतेमध्ये १७ सैनिकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width