बालमन्दिर विद्यालय पुरस्कृत

आदर्श समाज सम्वाददाता
फागुन १, २०७४

प्रदेश नं ४ को उत्कृष्ठ सामुदायिक विद्यालयको पुरस्कार ालमन्दिर माध्यमिक विद्यालय पोखरा ३, नदीपुरले दोश्रो पटक पाउन सफल भएको छ।

यहि माघ २८ गते नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा काठामाडौंको राष्ट्रिय सभागृहमा सञ्चालित शिक्षा दिवस २०७४ को अवसरमा आयोजित एक समारोहबीच विद्यालयलाई पुरस्कृत गरिएको हो।

उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले राष्ट्रिय र प्रदेश स्तरमा उत्कृष्ठ भएका सामुदायिक एवं संस्थागत विद्यालयलाई पुरस्कृत गरेका हुन्।

उक्त कार्यक्रममा प्रदेश ४ बाट पोखरा ३, नदीपुरको बालमन्दिर माध्यमिक विद्यालय पुरस्कृत भएको हो।

कास्की जिल्लाको शैक्षिक इतिहासमा १२ वर्षदेखि उत्कृष्ठ सामुदायिक विद्यालय हुँदै आएको यस विद्यालयले विगत २०७० मा पश्मिाञ्चलको सर्वोत्कृष्ट विद्यालय र यस शैक्षिक सत्रमा प्रदेश नं ४ को सवोर्त्कृष्ट सामुदायिक विद्यालयको पुरस्कार जित्न सफल भएको थियो।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको अवस्थामा पनि पोखराका नाम चलेका निजी विद्यालय र सामुदायिक विद्यालयबाट यस विद्यालयमा विद्यार्थीको ओइरो लाग्ने गरेको छ।

विद्यालयले भर्ना हुन आएका विद्यार्थीलाई विगत १० औं वर्ष देखि भर्ना र्फम वितरण गरी आफ्ना आवश्यकता अनुसारका विद्यार्थी संख्या व्यवस्थापन गर्दै आएको छ। अंग्रेजी माध्यमबाट सञ्चालित विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म एक हजार ७८ जना विद्यार्थी अध्ययनरत छन्। यसैगरी, कक्षा ११  र १२ मा शिक्षा र व्यवस्थापन संकायमा दुर्इ सय ६९ विद्यार्थी अध्ययनरत  छन्।

विद्यालय भित्र कक्षा १० सम्मका विद्यार्थीर्का लागि खाजाको व्यवस्था, मल्टीमिडियाबाट कक्षा व्यवस्था, इ-लाइव्रेरी, कम्प्युटर प्रयोगशाला, सी.सी. क्यामराको व्यवस्था,  शैक्षिक पात्रो -क्यालेण्डर) बनाएर जिम्वेवारी बाँडफाँड जस्ता व्यवस्थापनका कारण विद्यालयले शैक्षिक गतिविधिमा फड्को मारेको पाइन्छ।

कक्षा ११ र १२ मा आउने शैक्षिक सत्रबाट थप विषयका रुपमा विज्ञान विषयमा कक्षा सञ्चालन गर्ने तयारी तीब्र पारिएको विद्यालयका प्रधानाध्यापक सुशील बस्नेतले जानकारी दिए।

उनले विद्यालयलाई उत्कृष्ठ बनाउन विद्यालय परिवारले अथक मेहनत गरेको बताए।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width