हेमजा, २९ माघ ।हेमजास्थित सफल कृपा बचत तथा ऋण सहकारी संस्थाको पाँचौं बाषिर्कोत्सव आइतवार सम्पन्न भएको छ। सो अवसरमा स्थानीय राधाकृष्ण मन्दिरमा आश्रृत तीन जना बालबालिकालाई अन्न, पोषाक तथा स्टेशनरी सामग्री पनि सहयोग गरेको छ।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष धनबहादुर थापाले सहकारीले समुदायप्रति चासो राखी बालबालिकाहरूलाई सहयोग गरेको धारणा राख्दै सहकारीले सधै आफ्नो सामाजिक उत्तरदायित्वलाई बहन गर्ने बताए।शिक्षा उपसमितिका सदस्य शिवकुमार श्रेष्ठले संस्थाका शेयर सदस्यहरूले सधै सकारात्मक सोंच राखी सहकार्यको भावनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । सहयोग ग्रहण गर्दै संरक्षक शान्ति मञ्जरी बाँनियाले सहयोग प्राप्त गर्दा खुशी लागेको बताइन् र संस्थाको प्रगतिको कामनासमेत गरिन्।
सहकारीका लेखा समिति संयोजक गणेशबहादुर थापाले संस्थाको शेयर पुजी रु.पाँच करोड सात लाख ७९ हजार एक सय, निक्षेप संकलन रु.१० करोड तथा रु. १४ करोडको लगानी गरेको जानकारी दिए।
सहकारीका अध्यक्ष धनबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम लेखा समिति संयोजक गणेशबहादुर थापाले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१