२० हजार घरमा सुधारिएको चुलो

आदर्श समाज सम्वाददाता
माघ २९, २०७४

लमजुङ, २८ माघ। लमजुङमा २० हजार सुधारिएको चुलो निर्माण गर्ने तयारी गरिएको छ। स्वास्थ्य चुलो नेपाल जयवागेश्वरी, काठमाडौँले निर्माण गर्ने भएको हो। गृहिणी महिलाको स्वास्थ्यमा सुधार ल्याउने र बन फडानी रोक्न सहयोग गर्ने उद्देश्यले सो कार्य गरिन लागेको आयोजक संस्थाको भनाई छ।

लमजुङमा २० हजार सुधारिएको चुलो निर्माण गर्ने लक्ष पूरा गर्नका लागि विभिन्न स्थानमा निर्माणकर्तालाई तालिम दिइएको सो संस्थाका लमजुङ संयोजक कमल गुरुङले बताए।

उनका अनुसार सोही प्रयोजनका लागि उक्त संस्थाले मस्र्याङ्दी गाउँपालिका- ८ भूलभुलेका स्थानीयलाई सुधारिएको चुलो बनाउने तालिम दिएको छ । आठदिने सो तालिममा १२ जनाको सहभागिता छ। सस्थाले तीन बर्षभित्र जिल्लामा यतिका संख्यामा चुलो निर्माण गर्ने योजना बनाएको गुरुङले जानकारी दिए।

कार्यक्रममा गाउँपालिका प्रमुख अर्जुन गुरुङ गाउँमा नै रोजगारको वातावरण सिर्जना गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताए। सो अवसरमा स्वास्थ्य चुलो नेपालका परिवेक्षक ललितमान तामाङ, सहभागी इन्द्रकाशी गुरुङ, भिमबहादुर गुरुङ, सुवर्णन पुन लगायतले मन्तब्य व्यक्त गरेका थिए।

तालिमका सहभागीहरूले गाउँपालिका भित्रका सबै वडाहरूमा सुघारिएको चुल्हो निर्माण गर्ने छन्।

तालिममा सहभागी रहेका जेष्ठ नागरिक डम्बरसिंह अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य चुलो नेपालका लमजुङ संयोजक कमल गुरुङले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width