पोखरा, २८ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित रतन पाण्डे माविलाई आइतबार सहयोग गरिएको छ।
पोखरा सृजनाचोक घर भई हाल बेलायत निवासी पशुपति भण्डारीले विद्यालयलाई सहयोग गरेका हुन्। उनले विद्यालयका लागि इन्टरनेट सेवा, कम्युटर तथा इ-लाईब्रेरी संचालनका लागि एक लाख ५० हजार बराबर सहयोग गरेका हुन्। भण्डारी बेलायतका लागि नेपाली पर्यटन दूतका रुपमा विगत २५ वर्षदेखि कार्यरत छन्।
विद्यालयमा आइतबार आयोजित विद्यार्थी विदाई कार्यक्रममा उनले विद्यालयलाई सहयोग घोषणा गरेका थिए। घोषणा गरेसंगै आइतबारदेखि नै आवश्यक काम शुरु भैसकेको विद्यालयका प्रधानाध्यापक डिल्लिराम बरालले जानकारी दिए।
कार्यक्रममा अमरसिंह स्रोतकेन्द्रका स्रोतव्यक्ति शिवप्रसाद सापकोटाले विद्यालयलाई प्राप्त भएको सहयोगले विद्यार्थी प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास व्यक्त गरे। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तराज बराल, शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र बराल, युएसएड अन्तर्गत इजीआरपी कार्यक्रम संयोजक बसुन्धरा ढकाल, समन्वयकर्ता युनिशा उप्रेती, विद्यालयका सहायक प्रधानाध्यापक सोमनाथ अधिकारीले बोलेका थिए।
कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले र्एसइर्इ परीक्षामा सम्मिलित हुने विद्यार्थीलाई विदाई गरेका थिए। विद्यार्थी प्रतिक्षा सुनारको अध्यक्षतामा भएको कार्यक्रममा अस्मिता बरालले स्वागत र विद्या बरालले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९