लायन्स आदर्श चौतारीको बृहत स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
माघ २९, २०७४

पोखरा, २८ माघ।लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले तनहुँको व्यास नगरपालिका वडा नं ५ नेपालटारमा बृहत् स्वास्थ्य शिविर गरेको छ।

पोखरा अस्पताल प्रा.लि.को प्राविधिक सहयोग तथा फोक्सिङ सामुदायिक वन उपभोक्ता समूहको स्थानीय व्यवस्थापनमा आयोजित शिविरबाट १२ सय जना लाभान्वित भएका छन्। शिविरमा उपचार तथा परामर्श सेवा सहित निःशुल्क औषधी वितरण गरिएको थियो।

पोखरा अस्पतालका बरिष्ठ चिकित्सक प्रा.डा गोपीप्रसाद हिराचन नेतृत्वको ३० जना स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा प्रदान गरेका थिए। टोलीमा डा. केशव शर्मा, डा. ऋचा श्रेष्ठ, डा. रामजी बराल, डा. नविन त्रिपाठी र डा. मनिशा कोइराला लगायत सहभागी थिए।

शिविरमा बालरोग, पेट, छाति तथा मुटुरोग , स्त्रीरोग, छाला तथा यौनरोग, हाडजोर्र्नी तथा नशा रोगको उपचार सेवा प्रदान गरिएको थियो भने भिडियो एक्सरे, इसीजी, ल्याब सेवा पनि उपलव्ध गराइएको थियो।

फष्ट भाइस डिष्ट्रिक ३२५ बी वानका गभर्नर अशोककुमार श्रेष्ठले बरिष्ठ चिकित्सक प्रा.डा गोपीप्रसाद हिराचनलाई स्थेस्कोप हस्तान्तरण गरी शिविर उद्घाटन गरेका थिए। उनले लायन्स समाज सेवा अभियान भएको उल्लेख गरे। ‘सेवा नै ठूलो धर्म हो’ उनले भने – ‘अरुलाई सक्दो सहयोग गरी सेवा गरौ।’

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका एक्सटेन्सन चियर पर्सन कमल बस्नेतले सवै मिलेर समाजका लागि योगदान दिनुपर्ने आवश्यकता औंल्याए। व्यास नगरपालिका वडा नं ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले आगामी वर्ष लायन्ससंग सहकार्य गर्दै वडामा ठूलो स्वास्थ्य शिविर राख्ने प्रतिवद्वता व्यक्त गरे।

पोखरा अस्पतालका व्यवस्थापक शिवप्रसाद कोइरालाले समुदायको हितका लागि अस्पतालले स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गर्दै आएको बताए।

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष दयाशंकर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा फोक्सिङ सामुदायिक वन उपभोत्ता समूहका अध्यक्ष सुन्दर बरालले स्वागत, क्लबका संस्थापक अध्यक्ष बासुदेव कोइरालाले धन्यवाद ज्ञापन र सचिव शिव नेपालीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width