Worldlink ads

महायज्ञ दोश्रो दिन २३ लाख संकलन

आदर्श समाज सम्वाददाता
माघ २४, २०७४
mahayagya

पोखरा, २३ माघ  । पोखरा-१८, सराङ्कोटमा सोमबारदेखि शुरु श्रीमद्भागवत् विराट ज्ञान महायज्ञको दोश्रो दिन २३ लाख रुपैयाँ दान संकलन भएको छ ।

सोमबार पोखरा १८, सराङकोटका रामबहादुर थापाबाट ११ लाख ११ हजार १ सय ११, पोखरा ८ का शिवप्रसाद कोइराला ३ लाख ३३ हजार ३ सय ३३, सराङ्कोटका उमनाथ चपाईबाट २ लाख ३३ हजार र पोखरा ८ का मीनबहादुर शेरचनबाट २ लाख ३१, सराङकोट गणेशबहादुर ढकालले २ लाख ३१ हजार दान गरेको प्रचार प्रसार संयोजक कृष्ण थापाले जानकारी दिए । महायज्ञ उद्घाटनको दिनमै १९ करोड बढी दान संकलन भएको थियो ।  उक्त दिन बौद्ध अध्ययन केन्द्र महाकरुणा आवासीय विद्यालयका संस्थापक समाजसेवी ङवाङ कुङ्गा विष्टले १६ करोड १० लाख सहयोग गर्ने घोषणा गरेका थिए।

सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको आयोजनामा सराङकोटमा निर्माणाधीन बहुउदेश्यीय भवन र गुरुयोजनालाई साकार पार्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो ।  जसअनुसार सराङ्कोटमा १०८ शिवलिङ्ग स्थापना, सहश्रधारा निर्माण, भ्यूटावर, बालउद्यान, स्वागतद्वार, पार्क, फुटट्रयाक, खानेपानी ट्याङ्की निर्माण, आधुनिक शौचालय, हेलिप्याड, वनभोजस्थल निर्माण गर्ने लक्ष्य रहेको मूल आयोजक समितिका संयोजक एवं अध्यक्ष प्रेमवहादुर जिसीले जानकारी दिए।

गुरुयोजनाको अनुमानित लागत २९ करोड रुपैयाँ रहेको र योजना अवधि ७ वर्षको हुने समितिले जनाएको छ । महायज्ञ आगामी फागुन १ गतेसम्म सञ्चालन हुनेछ ।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग